पेनाल्टीमा पोल्यान्डको भाग्य चम्कियो

पेनाल्टीमा पोल्यान्डको भाग्य चम्कियो

काठमाडौंः पोल्यान्ड फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न सफल भएको छ ।

शनिबार साँझ भएको प्रतिस्पर्धात्मक खेलमा स्वीटजरल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पोल्यान्ड अन्तिम ८ मा पुग्न सफल भएको हो ।

निर्धारित ९० मिनेटर थपिएको ३० मिनेटमा पनि दुबै टीमले १–१  गोलको बराबरी खेलेपछि पेनाल्टी सुटआउटबाट नतिजा निकालिएको थियो ।

युरोकपको पहिलो क्वार्टफाइनल खेल नै पेनाल्टी सुटआउटबाट निर्णय लिनु परेको हो।

खेलमा पहिले अग्रता लिएको पोल्यान्ड पेनाल्टी सुटआउटमा पनि नजिता आफ्नो पक्षमा पार्न सफल भयो । उसका लागि खेलको ३९ औं मिनेटमा जाकुब

ब्लास्ज्क्ज्योकोस्कीले कामिल ग्रोसिकीको गोलमा पोल्यान्डलाई अग्रता दिलाएका थिए ।

तर स्वीटजरल्यान्ड खेलको दोस्रो हाफमा खेलमा फर्कियो । उसका लागि खेलको ८२ औं मिनेटमा इरेन डेर्डियोकको पासमा हेर्दन साकिरीले आकर्षक गोल गदै खेललाई बराबरीमा ल्याए ।

उनले डी बक्स बाहिरबाट प्रहार गरेको उत्कृष्ट ओभरहेड किकबाट हानेको बल पोल्यान्डका किपरले थाहै नपाई जाली चुम्न पुगिसकेको थियो ।

त्यसपछि दुबै टीमबाट गोल नहुँदा निर्धारित ९० मिनेटको समय १–१ गोलमा सकियो । थपिएको ३० मिनेट अतिरिक्त समयमा पनि दुबै टीम गोल गर्न असफल रहे ।

त्यसपछि पेनाल्टी सुटाआउटमा पुगेको खेलमा पोल्यान्डको भाग्य फिर्यो । पोल्यान्डका पाँचैजनाले पेनाल्टीमा जाली चुमाउँदा स्वीटजरल्यान्डका ग्रानिट हाकाले पेनाल्टी मिस गरेपनि पोल्यान्ड ५–४ ले बिजयी हुँदै अन्तिम आठमा पुग्ने पहिलो टोली बन्यो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.