डा. गोविन्द केसी फेरि आमरण अनसन बस्ने

डा. गोविन्द केसी फेरि आमरण अनसन बस्ने

काठमाडौं: चिकित्साक्षेत्रको विकृतिविरुद्ध लामो समयदेखि संघर्षरत चिकित्सक गोविन्द केसीले फेरि अनसन बस्ने घोषणा गरेका छन् ।

यसघि स्वास्थ्य क्षेत्रका विकृतिविरुद्ध अनसनमा बस्ने गरेका केसी यो पटक भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध अनसनमा बस्ने जनाएका हुन् ।

डा. केसी प्रमुख आयुक्त कार्कीमाथि महाअभियोग लगाउनुपर्नेसहितका विभिन्न माग राख्दै अनसनमा बस्ने बताएका हुन् ।

आफ्ना मागहरुबारेमा सरकार गम्भीर नभएमा आफू असार २६ गतेबाट आमरण अनसनमा उत्रने केसीले चेतावनी दिएका छन् । स्वास्यक्षेत्रमा रहेको विकृति अन्त्य माग गर्दै केसी अनसनमा उत्रेको यो आठौं पटक हुनेछ ।

डा. केसीले अनसनका क्रममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफ्नो स्वार्थ पुरा गर्ने नाममा अख्तियार प्रमुख कार्कीले मेडिकल क्षेत्रमा जथाभावी हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

'आफू र आफ्ना मान्छेहरुको निहीत स्वार्थ पुरा गर्नका लागि मेडिकल क्षेत्रमा हस्तक्षेप गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई महाअभियोग लगाउन माग गर्दछु', उनले पत्रकार सम्मेलनमा भने, 'मेडिकल शिक्षामा हस्तक्षेपका लागि अख्तियार प्रमुखसँगै मतियारको काम गर्ने अन्य आयुक्तहरुमाथि पनि कारबाही हुनुपर्छ ।'

डा. केसीले अनसन सुरु गर्नुअघि गरेको पत्रकार सम्मेनलमा निशाना नै अख्तिायर प्रमुखलाई बनाएका थिए । केसीले काठमाडौं विश्विद्यालयको मेडिकल प्रवेश परिक्षामा पनि कार्कीले हस्तक्षेप गरेको पनि दाबी गरे । मेडिकल क्षेत्रमा केही व्यक्ति र समूहको स्वार्थसिद्धीका लागि हस्तक्षेप भएकाले त्यसविरुद्ध आफू डटेर संघर्षमा उत्रिने उल्लेख गरे ।

अनसन शुरु गर्नुअघिको पत्रकार सम्मेलनमा केसी चिकित्सा शिक्षा एेनको मस्यौदा परिमार्जित गरेर मात्रै संसद्‍को यसै अधिवेशनबाट पास गर्न पनि संसद् र दलहरुलाई आग्रह गरेका छन् ।

डा. केसीले मेडिकल शिक्षालाई पूर्णरुपमा निशुल्क बनाउनुपर्ने माग गर्दै त्यसका लागि मेडिकल शिक्षण संस्थालाई सरकारले आर्थिकरुपमा साथ दिनुपर्नेमा जोड दिए ।

डा. केसीले काठमाडौं उपत्यकामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिन पनि माग गरे । 'काठमाडौं उपत्यकामा कम्तिमा १० वर्षसम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिइयोस', उनले भने, 'सम्बन्धन लिएर पनि काम नथाल्ने मेडिकल र डेन्टल कलेजहरुलाई रोकियोस ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.