नेपालसँग भारतको सम्बन्ध प्रगाढः राजदुत रे

नेपालसँग भारतको सम्बन्ध प्रगाढः राजदुत रे

अर्घाखाँचीः नेपालका लागि भारतीय राजदुत रन्जीत रेले नेपाल र भारतको सम्बन्ध लामो समय देखिनै प्रगाढ रहेको बताएका छन् ।

उनले नेपाल र भारतका बासिन्दाहरुबीच सदियौँदेखिको सम्बन्धलाई अझ प्रगाढ बनाउन भारत सरकार लागिरहेको बताए ।

भारतीय राजदुताबासको सहयोगमा सदरमुकाम सन्धिखर्कमा रहेको जनज्योति उच्च माध्यमिक बिद्यालयमा निर्माण भएको भवनको उद्घाटन गर्दै राजदूत रेले नेपालको विकासमा भारत सरकारले सहयोग गरेको बताए ।

जनज्योति उच्च माध्यमिक विद्यालयमा भारतीय राजदुताबासको एक करोड ५१ लाखको आर्थिक सहयोगमा निर्मित नेपाल भारत मैत्री भवनको उद्घाटन गरिएको छ ।

यो उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले अध्ययन गरेको विद्यालय हो । विज्ञान भवन निर्माणमा उल्लेख्य भूमिका खेलेको भन्दै विद्यालय निर्माण समितिका भेसबहादुर बिसी, हुमप्रसाद बन्जाडे र चुरामणि भट्टराईलाई दोसल्ला ओढाइ सम्मान गरिएको छ ।

त्यस्तै राजदुत रेले भारतीय राजदुताबासको सहयोगमा अर्घा रजस्थल माध्यमिक विद्यालय अर्घामा निर्माण भएको भवनको पनि उद्घाटन गरेका छन् । अर्घामा ४ करोड ९३ लाखको लागतमा भवन निर्माण भएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.