चराले असुरक्षित नेपालगन्ज विमानस्थल

चराले असुरक्षित नेपालगन्ज विमानस्थल

नेपालगन्जः बुद्ध एयरको जहाज नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा चरासँग ठोक्किएको छ ।

आइतबार बिहान जहाज अवतरण गर्ने क्रममा चरासँग ठोक्किएको नागरिक उड्ययन कार्यालय नेपालगन्जले जनाएको छ ।

जहाजको दायाँ पखामा चरा ठोक्किएको उड्ययन कार्यालयका प्रमुख प्रताप तिवारीले जानकारी दिए ।

‘बुद्ध एयरले प्राविधिक टोली मगाएर क्षति भएको प्लेटको मर्मत गरिसकेको छ’, प्रमुख तिवारीले भने, ‘प्लेनमा अलिकति क्षति भएको थियो, मर्मत भइसक्यो ।’

नेपालगन्ज विमानस्थलमा छिटपुटरुपमा चराले दुख दिने गरेको उनले बताए । ‘चरा ठोक्किएको घटना धेरै कम छन, तर पनि कहिलेकाहीँ साना चरा ठोकिन सक्छन्’, प्रमुख तिवारीले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.