भूकम्पपीडितलाई करोडौँ ठगी गर्ने पक्राउ
![भूकम्पपीडितलाई करोडौँ ठगी गर्ने पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/576fc6c5216288.90990051_4wn2BIUOAU.png)
काठमाडौँ: भूकम्पपीडितलाई अमेरिका, जापान र क्यानडा पठाउँछु भन्दै करोडौँ ठगी गरेको अरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
आइतबार दिउँसो प्रहरीले थानकोटबाट सिन्धुपाल्चोक चौतारा ८ का पुन्यप्रसाद दंगाललाई पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाको टोलीले आइतबार थानकोटको अरबिन्द योग आश्रमबाट दंगाललाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
दंगालमाथि ठगी अरोपमा मुद्दा चलाउने गरी प्रहरीले अनुसन्धान भइरहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)