पूर्वराष्ट्रपतिको घरभाडा विवाद समाधान
काठमाडौँ: पूर्वराष्ट्रपति डा रामवरण यादवको आवासका लागि सरकारले उपलब्ध गराएको ललितपुरको भैँसेपाटीस्थित घरभाडा विवाद अन्त्य भएको छ ।
धरधनी हरिभक्त विष्टले आइतबार राष्ट्रपति कार्यालय शीतलनिवासबाट २०७२ कात्तिकदेखि २०७३ असार महिनासम्मको घरभाडा बुझेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
कार्यालयका सहायक प्रवक्ता धु्रवप्रसाद अचार्यले घरभाडाका लागि कर कट्टीबाहेक १२ लाख ३९ हजार ४०० को चेक तयार भइसकेको बताए ।
रकम तयार भए पनि सम्झौताको प्रक्रियागत कार्य बाँकी भएकाले घरधनी विष्टबाट सम्झौतामा हस्ताक्षर भएपछि रकम भुक्तानी हुने आचार्यले बताए । रासस