पत्नीलाई जिउँदै जलाउने १७ वर्षपछि पक्राउ

पत्नीलाई जिउँदै जलाउने १७ वर्षपछि पक्राउ

काठमाडौं: पत्नीलाई जिउँंदै जलाएर हत्या गरेपछि फरार ललितपुरको इमाडोल बस्ने नवराज श्रेष्ठलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ ।

श्रेष्ठले २०५६ पुस १६ गते पत्नी रिनालाई मादक पदार्थ पिएर गरी शरीरमा मट्टीतेल खन्याएर शरीरमा आगो लगाइदिएका थिए । रिनाको उपचारको क्रममा महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा अस्पतालमा मृत्यु भएको थियो ।

काठमाडौं जिल्ला अदालतले २०५८ असार सात गते श्रेष्ठलाई सफाइ दिएपनि पुनरावेदन अदालत पाटनले २०६२ कात्तिक ६ गते सर्वश्वसहित जन्म कैदको फैसला गरेको थियो ।

अदालतको फैसलापछि भागेर २०६३ मा वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएर २०६६ मा फर्किएका श्रेष्ठ दोश्रो विवाह गरेर लुकीछिपी गरेर बस्दै आएका थिए ।

केन्द्रीय अनुसन्धान ब्यूरोले अदालतको फैसला कार्यान्वयन इकाईको पत्रानुसार श्रेष्ठलाई गत शुक्रबार इमाडोलबाट पक्राउ गरेको हो । ब्यूरोले काठमाडौं जिल्ला अदालतको आदेशमा कैद भुक्तानको लागि डिल्लीबजार कारागार पठाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.