अख्तियार भन्छ: डा. गोविन्द केसी अराजक र बिरामी

अख्तियार भन्छ: डा. गोविन्द केसी अराजक र बिरामी

काठमाडौं: त्रिवि शिक्षण अस्पतालका चिकित्सक गोविन्द केसीले मेडिकल क्षेत्रमा हस्तक्षेप गरेको भन्दै महाअभियोग लगाउन माग गरेकोप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 'कडा शब्दमा भर्त्सना' गरेको छ ।

मेडिकल क्षेत्रमा हस्तक्षेप गरेको भन्दै डा. केसीले अख्तियारका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग तथा अन्य पदाधिकारीमाथि कारबाही माग गर्दै आमरण अनसन बस्ने चेतावनी दिएपछि अख्तियारले उनलाई बिरामीको संज्ञा दिएको हो ।

'भ्रष्टाचार, अनाचार र सबैखाले बिसंगतिविरुद्धको महाअभियानमा क्रियाशील आयोगका प्रमुख आयुक्त र आयुक्तहरु प्रति लक्ष्यित डा. केसीको माग छुद्रता, अराजकता र अस्वस्थ मानसिकताको द्योतक हो', अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले आइतबारै निकालेको विज्ञप्तीमा भनिएको छ ।

अख्तियारले डा केसीबाट आफ्ना पदाधिकारीहरुमाथि लगाइएका आरोपलाई पनि पुष्टि गर्न चुनौती दिएको छ । उसले स्वास्थ्य क्षेत्रमा हस्क्षेप गरी राजीनामा दिन बाध्य पारिएको प्रमाण पेश गर्न पनि डा. केसीलाई भनेको छ ।

'अख्तियारका कुनै पदाधिकारीद्वारा आफ्नो र आफन्तको निहित स्वार्थका लागि चिकित्साक्षेत्रमा भर्ना गरेको, स्वास्थ्य तथा चिकित्सा क्षेत्रको सुधारको प्रक्रिया अबरुद्द तुल्याएको आरोप सरासर झुट हो', अख्तियारले भनेको छ, 'भ्रष्टहरुलाई संरक्षण दिएको र कुनै पदाधिकारी बिशेषलाई सौदाबाजीमार्फत राजीनामा दिन बाध्य तुल्याएको भन्ने तुच्छ अभियोगको तथ्यगत परिपुष्टिका लागि डा. केसीलाई अख्तियार चुनौति दिन्छ ।'

आफ्ना प्रमुखले काठमाडौं विश्वबिद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गरेको नभइ सरोकारवालाहरुको उजुरीपछि आयोगले सम्बद्द नियामक निकाय 'मेडिकल काउन्सिललाई' परीक्षाको निष्पक्षता परिक्षण गर्न मात्रै निर्देशन दिएको दाबी गरेको छ ।

'प्रमुख आयुक्तले 'व्यापारिक स्वार्थ' राखेको भन्ने जस्तो घृणित र निकृष्ट आक्षेपका हकमा त्यस्तो अमुक व्यापारिक स्वार्थमा उहाँको संलग्नता सावितीका लागि आयोग डा केसीलाई थप चुनौति दिन चाहन्छ', अख्तियारले भनेको छ, 'उहाँको व्यापारिक स्वार्थको सप्रमाण पुष्ट्याईं गरिदिएको खण्डमा उहाँले पदीय जिम्मेवारीबाटै सन्याश लिने उहाँको निजी घोषणा समेत सार्वजनिक गर्दछ ।'

अख्तियार डा केसीविरुद्ध माफियाहरुसँग साँठगाँठ गरेको आरोप लगाउन पनि पछि परेको छैन । 'स्वास्थ्य क्षेत्रको शुद्दताका लागि आयोगले आफ्नो कार्यक्षेत्र भित्रै रहेर गरेको पहलबाट तर्सिएका मेडिकल माफियासँगको केसीको सानिध्यता, आयोगको अनुसन्धान प्रक्रियामा रहेका एकथरी स्वघोषित नागरिक अगुवा तथा संगठित अपराधी र भ्रष्टहरुसँगको उहाँको साँठगाँठ आयोगको दृष्टिबाट ओझेलमा छैन', अख्तियारले भनेको छ, 'वस्तुत: आयोग पदाधिकारीहरुविरुद्ध केन्द्रित पछिल्लो प्रस्तावलाई डा. केसीका यिनै शंकास्पद गतिबिधिका आलोकमा हेरिनुपर्दछ ।'

डा केसीले चिकित्सा तथा स्वास्थ्य क्षेत्रको सुधारका नाममा स्वास्थ्य क्षेत्रलाई नै बन्धक बनाएको गम्भीर आरोप पनि अख्तियारले लगाएको छ । 'केसीका विगतका प्रत्येक आन्दोलनले यस क्षेत्रलाई विकास र उत्थानको मार्गतर्फ नभई बिनाश र अबन्नतिको दिशातर्फ प्रवाहित गरेको आमबुझाई भन्दा पृथक आयोगको अभिमत छैन', अख्तियारले भनेको छ ।

 

अख्तियारले राष्ट्रसेवकको न्यूनतम् आचरण र पेशागत धर्म परिपालना नगरी उदण्डताको आडमा राज्यलाई धम्क्याउने केसीको काम खेदजनक रहेको पनि जिकिर गरेको छ ।

'बारम्बार आफ्नो न्यूनतम् आचरण र जिम्मेवारीको दायराबाट बिमुख डा. केसीको उपचारको उचित व्यवस्थाका लागि समेत आयोग सरकारसँग आग्रह गर्दछ ', अख्तियारको विज्ञप्तीमा भनिएको छ।

अख्तियारले डा केसी भ्रष्टहरुको माखेसाङ्गलोमा जेलिएकाले त्यो कुसंगत परित्याग गर्न र प्रायोजित अभियन्ता नबन्न समेत आग्रह गरेको छ ।

'नेपाली स्वास्थ्य क्षेत्रको सुधार र विकासका सन्दर्भमा केसीका खोक्रा अभियानबाट होइन आयोगको दृढ प्रतिबद्दता र पहलबाट निश्चित उपलब्धि हासिल भएको हो', अख्तियारले जिकिर गरेको छ', 'नेपाली स्वास्थ्य क्षेत्रमा बिद्यमान अराजकता, दण्डहिनता, माफियातन्त्र र सबै प्रकृतिका असंगतिहरुको अन्त्यका निम्ति सर्वथा क्रियाशील रहने दृढता व्यक्त गर्दछ ।'

याे पनि पढ्नुस्

डा. गोविन्द केसी फेरि आमरण अनसन बस्ने

 अख्तियारको विज्ञप्ती हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.