फ्रान्स युरोकपको क्वार्टर फाइनलमा

फ्रान्स युरोकपको क्वार्टर फाइनलमा

काठमाडौंः पहिलो हाफको दोस्रो मिनेटमा गोल खाएर पछि परेको अवस्थालाई उल्ट्याउँदै आयोजक फ्रान्स युरोकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा पुग्न सफल भएको छ ।

पेरिसमा आइतबार साँझ भएको खेलमा फ्रान्सले आयरल्यान्डमाथि २–१ को कठिन जित निकाल्दै क्वार्टरफाइनलको यात्रा तय गरेको हो ।

फ्रान्सको क्वार्टर फाइनल यात्रा तय गर्ने क्रममा एट्लेटिको मड्रिडका एन्टेनिया ग्रिजमन नायक बने । घरेलु मैदानमा खेलको दोस्रो मिनेटमा पेनाल्टीबाट गोल खाएको अवस्था ग्रिजमनले दोस्रो हाफमा उल्ट्याए ।

ग्रिजमनले उत्कृष्ट तालमेल मिलाउँदै खेलको ५८ औं मिनेटमा साग्न्याको भली पासलाई हेडमार्फत गोल गर्दै बराबरीमा ल्याए ।

त्यसपछि खेलको ६१ औं मिनेटमा आयरल्यान्डको डिफेन्स लाइनअपले तालमेल गुमाएको फाइदा लिँदै ओलिभर गिराउडको पासमा ग्रिजमनले नै अर्को गोल गरे ।

दुई गोल खाएपछि संकटमा परेको आयरल्यान्ड ६६ औं मिनेटमा रातो कार्ड खाँदै ड्युफी बाहिरिएपछि झनै दबाबमा परेको थियो ।

यो हारपछि बेलायतबाट युरोकपमा पुगेका दुबै आयरल्यान्ड घर फर्केका छन् । हिजो भएको खेलमा वेल्ससँग पराजित हुँदै नोर्दन आयरल्यान्ड पनि घर फर्किसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.