आयो चार्जेबल क्वाइटकम्फर्ट हेडफोन
एजेन्सी: अमेरिकी अडियो कम्पनी बोसले क्वाइटकम्फर्ट (QuietComfort) सिरिजको नयाँ हेडफोन विश्वबजारमा सार्वजनिक गरेको छ।
क्वाइटकन्ट्रोल ३५ नामक यो हेडफोनको मूल्य भारतीय बजारमा २९ हजार ३ सय ३६ भारु रहेको छ। जबकी क्वाइटकन्ट्रोल ३० को मूल्य २६ हजार ४ सय ३८ भारु रहेको छ।
यो क्वाइटकम्फर्ट ३५ हेडफोनमा डिजिटल क्यान्सिलेसन टेक्नोलोजी समावेश गरिएको छ। कम्पनीका अनुसार यो कुनै पनि ठाउँमा बिना अवरोध संगीतको मज्जा दिने दाबी गरिएको छ।
यसका साथै यसमा साउण्डको स्तरलाई गुणस्तरीय बनाउन नयाँ इक्वेलाइजर राखिएको छ। एक पटक फूल चार्ज गरेपछि यसमा २० घन्टासम्म लगातार म्युजिक सुन्न सकिन्छ। यो कालो र चाँदी रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
यो हेडफोनमा कन्ट्रोल गर्ने विकल्प पनि दिएको छ जसलाई तपाईले आफू अनुकुल आवाज नियन्त्रण गर्न सक्नुहुनेछ।