पिएचडी गरेका पूर्वजिशिअको डरलाग्दो ठगीधन्दा

पिएचडी गरेका पूर्वजिशिअको डरलाग्दो ठगीधन्दा

काठमाडौं: भूकम्पपीडित कोटामा अमेरिकासहितका देशमा पठाइदिने भन्दै लाखौं ठगी गरेको अभियोगमा पिएचडी उपाधि पाइसकेका एकजना पूर्वजिल्ला शिक्षा अधिकारी प्रहरीको फन्दामा परेका छन् ।

सिन्धुपाल्चोकको सानोसिरुवारी-६ घर भई काठमाडौंको बुढानिलकण्ठ नगरपालिका मण्डिखाटार बस्ने ७५ वर्षीय पुण्यप्रसाद दंगाल भूकम्पपीडितबाट लाखौं ठगेको अभियोगमा आइतबार पक्राउ परेका हुन् ।

ज्योतिष सिद्धान्तमा पिएचडी गरेका दंगालले भूकम्पपीडितलाई जापान, क्यानाडा र अमेरिका लगायतका भूकम्पपीडित कोटामा पठाइदिने भन्दै ठगी गरेको निवेदनका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो ।

कास्की र रुपन्देहीमा पाँच वर्षसम्म जिल्ला शिक्षा अधिकारी भएर काम गरेका दंगाललाई थानकोटको अरविन्द्र योग आश्रमबाट आइतबार पक्राउ गरी ठगी मुद्दामा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।

प्रहरीको अनुसन्धानबाट ज्योतिषी सिद्धान्तमा पिएचडी गरेका दंगालले संस्कृत र फलितमा आचार्य पास गरेको खुलेको छ । त्यसैगरी उनले एमएसी र एमएड डिग्री प्राप्त गरेको पनि अनुसन्धानबाट खुलेको एसएसपी खनालले जानकारी दिए ।

माओवादीले चलाएको सशस्त्र द्वन्द्वमा विस्थापित भइ चार वर्ष अमेरिकामा बसेर अमेरिका, जापान र क्यानाडासम्म सम्पर्क बनाउन सफल दंगालले सोही आधारमा भूकम्पपीडितलाई ठगेको खुलेको छ ।

 

एसएसपी खनालका अनुसार दंगालबाट ठगिनेहरुको संख्या अझै धेरै हुन सक्ने भएकाले यसबारेमा थप अनुसन्धान अघि बढाइएको छ ।

'दंगालले आफ्नो सम्पर्कका आधारमा केही व्यक्तिहरुलाई अमेरिका पठाएको देखेपछि अन्य व्यक्तिहरु पनि प्रलोभनमा परेर फसेको देखियो', अपराध महाशाखाले भनेको छ, 'त्यसपछि दर्जनौं व्यक्तिहरुलाई अमेरिका, जापान र क्यानाडा पठाउने भन्दै ठगेको भेटियो ।'

अपराध महाशाखाका अनुसार विदेश पठाइदिने भन्दै दंगालले विजय भण्डारीबाट ४ लाख २५ हजार, मोहिनी ताल्चा महतबाट ५ लाख, सगुन मानान्धरबाट २ लाख र छिरिङ्ग तामाङ्गबाट १ लाख रुपैयाँ उठाएको खुलेको छ।

त्यसैगरी दंगालबाट ठगिनेहरुमा अन्य पनि रहेका छन् । दंगालले रामबहादुर तामाङ्गबाट १ लाख, खुदनाथ घोडासैनीबाट ४ लाख ४० हजार, विकास तामाङ्गबाट ३ लाख र सीतामाया तामाङ्गबाट ३ लाख ४५ हजारसहित जम्मा २४ लाख ३० हजार उठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

दंगालले अमेरिका पठाउने भन्दै १६ लाख, क्यानाडाका लागि १२ लाख र जापानको लागि १० लाख रुपैयाँ लाग्ने भन्दै ठगी धन्दा चलाएको तथ्य प्रहरीले भेट्टाएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.