कोपा अमेरिकाको उपाधि फेरि चिलीलाई
काठमाडौंः कोपा अमेरिका फुटबल प्रतियोगितको उपाधि फेरि चिलीले उचालेको छ । अमेरिकाको न्यू जर्सीमा भएको फाइनल भिडन्तमा अर्जेन्टिना चिलीसँग ४–२ गोल अन्तरले पराजित भयो ।
पहिलो हाफमै १० खेलाडीमा सीमित भएका दुबै टीमले निर्धारित ९० मिनेट अतिक्ति ३० मिनेटमा पनि गोल गर्न नसकेपछि खेल टाइ बे्रकरमा गएको थियो ।
टाइ ब्रेकरमा अघिल्लो संस्करणमा जस्तै चिलीले बाजी मारेको हो । टाइ ब्रेकरमा कप्तान लियोनेल मेसीले नै पेनाल्टी बारभन्दा माथि हानेपछि अर्जेन्टिना पराजित हुन पुग्यो ।
पहिलो पेनाल्टी हानेका चिलीका अट्र्युरो भिदालको बल अर्जेन्टिनाका किपर सर्जियो रोमारियाले जोगाएका थिए । त्यसपछि पेनाल्टी हान्न पुगेका मेसीले प्रहार गरेको बल पोस्टमाथिबाट बाहिरिएको थियो ।
त्यसपछि चिलीका लागि निकोलस कास्टलियोले गोल गरे । त्यसपछि अर्जेन्टिनाका लागि दोस्रो पेनाल्टी हानेका जाभिएर मास्चेरानो गोल गर्न सफल भए ।
चिलीका लागि तेस्रो पेनाल्टी हानेका एरान्ग्वेज गोल गर्न सफल हुँदा अर्जेन्टिनाका लागि सर्जियो अग्वेरो पनि गोल गर्न सफल भए ।
अर्जेन्टिनाका लागि आएका लुकास विगिलाले पेनाल्टी चुकाएपछि चिलीको जित निश्चित भयो । अन्तिममा आएका फ्रान्सिस्को सिल्भाले गोल गर्दै लगातार दोस्रो पटक चिलीलाई कोपा अमेरिकाको उपाधि दिलाए ।