माइक्रोबस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

माइक्रोबस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

राजविराजः पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ–८ मा आइतबार माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४ख ६७३ नम्बरको माइक्रोबसले विपरीत दिशातर्फ आउँदै गरेको स५प ८५ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरीको बक्दुवाह गाविस–४ का १९ वर्षीय मो मफुरोज मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते मियाँको आइतबार साँझ विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.