फुटबल स्टार मेसीद्वारा अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा

फुटबल स्टार मेसीद्वारा अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा

एजेन्सीः विश्व फुटबलका स्टार लियोनल मेसीले विश्व फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

अर्जेन्टिनाको टिमका कप्तान मेसीले सोमबार बिहान कोपा अमेरिका फुटबलको फाइनलमा चेलीसँग पराजित भए लगत्तै अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।

मेसीले पेनाल्टीमा गोल गर्न चुकेपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । सोमबार बिहान भएको कोपा अमेरिकाको फाइनलमा पेनाल्टी सुट आउटमा चिलीले अर्जेन्टिनालाई ४-२ ले पछि पार्दै लगातार दोस्रो पटक उपाधि हात पारेको हो । यस लगत्तै मेसीको यस्तो घोषणा गरेका हुन् ।

अर्जेन्टिनाका लागि राष्ट्रिय टिमबाट खेल्दा मेसीले सन् २००८ मा बेइजिङमा सम्पन्न ओलम्पिक्समा स्वर्ण पदक दिलाएका थिए । यसैलाई मेसीको सबैभन्दा ठूलो उपलब्धी मानिएको छ । सन् २०१४ को विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिना जर्मनीसँग १०ले पराजित भएको थियो । मेसी सहभागी भएपछि तीन पटक कोपा अमेरिकाको फाइनलमा पुग्दा समेत मेसीले कहिल्यै उपाधि उचाल्न पाएनन् । अर्जेन्टिना २००७, २०१५, २०१६ मा कोपा अमेरिकाको फाइनलमा पुग्दा समेत उपाधि चुम्न असफल भएको हो ।


मेसीले भनेका छन्, ‘मेरो लागि राष्ट्रिय खेल जीवन समाप्त भएको छ । मैले जे जति गर्न सक्थेँ सबै गरे जस्तो लाग्छ ।’  २९ वर्षीय अर्जेन्टिनाका लागि ११२ खेल खेलेका छन् । मेसीले सन् २००५ मा पहिलो पटक राष्ट्रिय टिमबाट खेलेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.