भेटाएको ५० हजारसहित समान फिर्ता

भेटाएको ५० हजारसहित समान फिर्ता

दाङः यहाँकी इलोक्ट्रोनिक अटोरिक्सा चलाउँदै आएकी एक जना महिलाले आफूले भेटाएको नगद ५० हजार फिर्ता गरेकी छन् ।

तुलसीपुर-९ बेलुवा निवासी अटोरिक्सा चालक पुष्पा श्रेष्ठले तुलसीपुर-६ रजौरा निवासी सीता आचार्यको नगद रु ५० हजारसहित झोलामा रहेको गरगहना आज बिहान फिर्ता गरेकी हुन् ।

आइतबार बेलुका काठमाडौँबाट दाङको तुलसीपुर आएकी आचार्यले तुलसीपुरको वीरेन्द्र चोकबाट रजौरा जानका लागि अटोरिक्सा प्रयोग गरेकी थिइन् ।

चालक श्रेष्ठले आज बिहान तुलसीपुरस्थित अटोरिक्साको डिलर सिस्ने मनि ट्रान्सफरको कार्यालयमा एक कार्यक्रमका बीच आफूले फेला पारेको नगदसहित गरगहना र महत्वपूर्ण झोलामा रहेका सम्पूर्ण सामान फिर्ता गरेकी हुन् ।

सामान हस्तान्तरण गर्दै चालक श्रेष्ठले सबैलाई पेसाप्रति इमान्दार बन्न आग्रह गरिन्। ‘सामान हराउँदाको पीडा कस्तो हुन्छ मैले अनुभव गरेकी छु। भेटाएँ भन्दैमा कसैको पैसा पनि सित्तैमा खानु पाप हो।'

उनले रिक्सा सफा गर्दै गर्दा फेला पारेको झोलामा नागरिकता, केही लत्ताकपडा, गरगहना र औषधि देखेपछि तत्कालै खबर गरेर रकम फिर्ता गर्न मन लागेको बताइन्।

उनले इमान्दारिता सबैभन्दा ठूलो मानवीय गुण भएको तर्क गरिन्। यसैबीच आफ्नो नगद ५० हजार र गरगहनासहितको झोला रिक्सा चालक श्रेष्ठले जस्ताको ततै फिर्ता गरेकामा आचार्यले उनलाई धन्यवाद दिएकी छन्। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.