इङ्ल्यान्डको खेलले लोभ्याउँछ

इङ्ल्यान्डको खेलले लोभ्याउँछ

भगवती थापा
हामी खेलाडीका लागि कुनै पनि ठूला फुटबल प्रतियोगिता एक प्रकारको चाड नै हो । समूहगत चरणमा राम्रा खेल हेरेकी थिएँ । अब नकआउट चरणका सबै खेल हेर्ने प्रयास गरिरहेकी छु ।

एपीएफ क्लबको खेलडी भएकाले बिहान दैनिक अभ्यास हुन्छ । त्यसकारण रातिको खेल हेर्न गाह्रो छ । तर हाइलाइट भने पनि हेर्नै पर्छ । युरोकप हामी खेलाडीका लागि सिक्ने मौका पनि हो ।

बेलुका हेरेको खेल र राम्रा खेलाडीको खेल्ने तरिकालाई मैदानमा उतार्न सकियो भने धेरै फाइदा हुन्छ । म रक्षक भएकीले प्रायजसो रक्षकको खेल्ने तरिकालाई ध्यान दिएर हेर्छु ।

युरोकपमा अहिलेसम्मको खेल हेर्दा बलिया राष्ट्रकै दबदबा देखिन्छ । नकआउट चरणको खेल भर्खर सुरु भएकोले विजेताको अनुमान गर्न गाह्रो छ ।

विश्वकप होस् वा युरोकप मलाई मन पर्ने टोली इङ्ल्यान्ड हो । इङ्ल्यान्डको खेल्नै शैली राम्रो लाग्छ । इङ्ल्यान्डको टोलीमा जुझारु खेलाडी छन् ।

इङ्ल्यान्डको टिम भावना पनि उच्चस्तरको छ । तर इङ्ल्यान्ड राम्रो खेले पनि जहिल्यै हार्ने गरेको छ । अभागी इङ्ल्यान्डले यस पटक युरोकप जिते राम्रो हुन्थ्यो ।

इङ्ल्यान्डसँगै वेल्स, जर्मनी र पोर्चुगलको खेल पनि राम्रो छ । वेल्सले पनि यस पटक धेरै राम्रो खेलिरहेको छ । जर्मनी र पोर्चुगलको खेल पनि स्तरीय छ । विश्वकप विजेता जर्मनी सदाबहार र सन्तुलित टोली हो ।

जर्मन टोलीका खेलाडीमा टिम स्पिरिट बलियो छ । जर्मनीको खेल्ने शैली पनि आक्रामक देखिन्छ । व्यक्तिगत रूपमा सबै खेलाडी राम्रा छन् ।

युवा र अनुभवी खेलाडीले भरिएको जर्मनको पास र काउन्टर प्रहार धेरै राम्रो छ । मेरो विचारमा युरोकप इङ्ल्यान्ड, वेल्स, जर्मनी र पोर्चुगलमध्ये एउटाले जित्न सक्छ । मैले बच्चैदेखि इङ्ल्यान्डको समर्थन गर्दै आएकीले उसैले उपाधि जिते खुसी हुन्थेँ । (भगवती राष्ट्रिय महिला फुटबल टोलीकी रक्षक हुन् ।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.