टीभीएसद्वारा प्रोडक्ट ट्रेनिङ प्रोग्राम
काठमाडौं: टीभीएस मोटर कम्पनीको आधिकारिक विक्रेता शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोटर्सले ‘टीभीएस एक्सएल-१००' तथा ‘टीभीएस भिक्टर’ लाई लक्षित गरी दुईदिने 'प्रडक्ट ट्रेनिङ प्रोग्राम' आयोजना गरेको छ।
आफ्ना आन्तरिक कर्मचारीका लागि लक्षित सो कार्यक्रम चितवनस्थित होटल रेड कार्पेटमा असार ८ र ९ गते दुइदिन चलेको थियो। उक्त कार्यक्रममा उपस्थित एक सय १० सहभागीले दुईपाङ्ग्रे सवारीसाधनको बारेमा समग्र ज्ञान लिएको कम्पनीले जनाएको छ।
कार्यशालाका सहभागीलाई टीभीएस मोटर कम्पनीका सहायक व्यवस्थापक एसपी कृष्णाले प्रडक्टको विषयमा तथा जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले सेल्समा प्रशिक्षित गरेका थिए।
'दुईपाङ्ग्रे मालगाडी'को रूपमा हालैमात्र बजारमा ल्याइएको, राख्न÷निकाल्न मिल्ने सिटसहितको नयाँ 'टीभीएस एक्सएल १००' आफ्नो अद्वितीय माइलेज (प्रतिलिटर ६९ किलोमिटर) का लागि समेत उपयुक्त भएको कम्पनीले जनाएको छ।
साथै टीभीएस भिक्टरमा ३ भल्भयुक्त १ सय १० सिसीको इन्जिन प्रयोग भएको छ। आरामदायी एवम् थप फराकिलो सिटसहितको यसले प्रतिलिटर ७६ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ।
नेपालभर ६५ वटा डिलर रहेको कम्पनीले आफ्ना अत्याधुनिक सोरुम तथा उत्कृष्ट सर्भिस सेन्टरमार्फत ग्राहकलाई उचित सेवा, सही सूचना एवम् गुणस्तरीय स्पेयर पार्टस् उपलब्ध गराउँदै आएको जनाएको छ।