महाराजगन्जमा सामसङ डिजिटल प्लाजा
काठमाडौं: सामसङको आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रालिले नारायणगोपाल चोक महाराजगन्जमा सामसङ डिजिटल प्लाजा नयाँ सज्जाका साथ सञ्चालनमा ल्याएको छ।
समसङका उत्पादनको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकलाई सर्वसुलभ तरिकाले सामसङका उत्पादन उपलब्ध गराउने उद्देश्यले सुविधा सम्पन्न सामसङ डिजिटल प्लाजा खोलिएको कम्पनीले जनाएको छ।
सामसङ डिजिटल प्लाजामा सामसङका सबै उत्पादन प्रदर्शनमा राखिनेछ, जसमा कर्भ टीभी, एलईडी टीभी, रेफ्रिजेरेटर, वासिंग मेसिन, माइक्रोवेभ ओभन तथा मोबाइल फोन रहेका छन्।
यो सँगै कम्पनीको काठमाडौं उपत्यकाभित्र ८ वटा र बाहिर ४ वटा गरेर हालसम्म १२ बटा सामसङ प्लाजा खुलिसकेको कम्पनीले जनाएको छ।