नेपाली र अमेरिकी सेनाको संयुक्त तालिम शुरु
काठमाडौँ: नेपाली र अमेरिकी सेनाको संयुक्त सैन्य तालिम शुरु भएको छ । नेपाली सेनाको महावीर गण(रेन्जर) र अमेरिकी सेनाको स्पेशल फोर्स ग्रुपबीच छाउनीमा सोमबार संयुक्त तालिम शुरु भएको हो ।
विगतमा पनि दुई देश वीचका सेनाको स्पेशल फोर्सवीच विभिन्न तालिमहरु संचालन भइरहेका छन । विभिन्न चरणमा हुने ती तालिमहरु छाउनी र जोमसोम स्थित उच्च शिखर शिक्षालय कैसाङ्ग क्षेत्रमा करिब एक महिनासम्म चल्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
तालिममा सहभागी हुन अमेरिकी सेनाको टोली असार ११ गते काठमाडौँमा आइपुगेको थियो । संयुक्त तालिम तथा अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवको आदान प्रदान हुने र तालिम÷अभ्यासबाट दुई देशका सैनिकबीचको सम्बन्ध थप मजबुत हुने निर्देशनालयले जनाएको छ ।