भूकम्पपीडितलाई तीनलाख दिनुपर्छः प्रचण्ड

भूकम्पपीडितलाई तीनलाख दिनुपर्छः प्रचण्ड

चन्द्रपुरः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भूकम्पपीडितलाई तीन लाखका दरले राहत दिनुपर्ने धारणा राखेका छन ।

रौतहटको चन्द्रनिगाहपुरमा सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले सो धारणा राखेका हुन् ।

पीडितलाई एकमुष्ट तीनलाख राहत दिने बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफुले कुरा गरेको जानकारी दिँदै उनले नयाँ कार्यविधि बनाएर भएपनि भूकम्पप्रतिरोधी घर निमार्णका लागि पीडितहरुलाई कम्तिमा तीनलाख रकम वितरण गर्न आवश्यक रहेको उनले बताएका छन् ।

गत वर्ष भूकम्प गएलगत्तै आफ्नो पार्टीले पीडितहरुलाई भूकम्पप्रतिरोधी घर बनाउन पाँचलाख दिनुपर्ने माग गरेको उनले बताएका छन् ।

अध्यक्ष दाहालले भने, ‘कांग्रेसले अहिले दुई लाखको माग गरिरहेको छ, त्यसमा सहमति गरेर पीडितलाई तीनलाख दिनुपर्छ ।’

 

राहत वितरणका लागि नेकपा माओवादी केन्द्रले नयाँ कार्यविधि बनाउन सरकारलाई सुझाव दिएको उनले उल्लेख गरे ।

मधेसी मोर्चाको मागबारे संविधान संशोधन गरेर समस्या समाधान गर्न सहमतिका लागि दुबै पक्ष लचिलो हुनुपर्ने अध्यक्ष दाहालको धारणा छ ।

सरकार, आन्दोलनरत मधेशी मोर्चा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग आफुले छलफल गरिरहेको बताउँदै उनले वर्तमान समस्यालाई सहमतिबाटै सम्बोधन गर्नुपर्नेमा जोड गरिरहेको उनको भनाइ छ ।

रौतहट क्षेत्र नम्बर ४ बाट निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद सत्यनारायण भगतका छोरीको वैवाहिक कार्यक्रममा सहभागी हुन उनी रौतहट आएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.