अमेरिकी मैदानमा मेसीका आँसु

अमेरिकी मैदानमा मेसीका आँसु

न्युजर्सीः सोमबार कोपा अमेरिका फुटबलको फाइनलमा आफ्नो टोली चिलीसँग टाइब्रेकरमा पराजित भएलगत्तै अर्जेन्टिनाका कप्तान लियोनल मेसी भक्कानिएर रोए ।

टेलिभिजनको पर्दामा समेत निकै भावुक रूपमा प्रस्तुत भएका २९ वर्षीय मेसीले भने, ‘मैले टोलीलाई सक्ने जति सबै गरेँं तर, केही कुरामा कहिल्यै सफल हुन सकिन । चार प्रतियोगिताको फाइनलमा पुगेँ तर एउटै पनि प्रतियोगिताको उपाधि जित्न नसक्नु मेरा लागि दुःखको कुरो हो ।'

उनले यो क्षण आफ्ना लागि निकै कठिन भएको समेत बताए । ‘मेरा लागि यो वास्तवमै कठिन समय हो । अर्जेन्टिनी टोलीका लागि पनि कठिन समय हो', मेसीले भने, ‘तर अब मैले अर्जेन्टिनी टोलीबाट खेल्ने कुनै सम्भावना छैन ।'

खेल सकिएपछि निकै भावुक देखिएका मेसीले मैदानमै आँसुसमेत झारेका थिए । अन्य सहकर्मीले सम्झाउँदासमेत मेसीले आँसु रोक्न सकेनन् ।

हारको पीडाकै बीच मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट सन्न्यासको घोषणा गरे । एक टेलिभिजनसँगको कुराकानीमा उनले राष्ट्रिय टोली छाड्ने निर्णय सार्वजनिक गरे ।  यद्यपि अन्तर्राष्ट्रिय सञ्चार माध्यमले अर्जेन्टिनी फुटबल अधिकारीले मेसीलाई सन्न्यासको निर्णय फिर्ता लिन दबाब दिने अनुमान गरेका छन् ।

चिलीविरुद्धको टाइब्रेकरमा गोल गर्न चुकेका मेसीले खेलपछि अर्जेन्टिनी टेलिभिजन च्यानलसँग आफूले राष्ट्रिय टोलीबाट सन्न्यास लिएको बताएका हुन् ।  मेसीले राष्ट्रिय टोलीबाट आफ्नो खेलजीवन सकिएको बताएका थिए । ‘राष्ट्रिय टोलीबाट मेरो खेलजीवन सकिएको छ, ' उनले भने ।  

पछिल्लो पुस्ताकै उत्कृष्ट खेलाडीमध्येका एक मेसीलाई राष्ट्रका लागि खेल्न नसकेको आरोप लाग्दै आइरहेको थियो । सुरुबाटै उनको समर्थनमा रहेका अर्जेन्टिनी महान् फुटबलर डिएगो म्याराडोनाले समेत पछिल्लो समय मेसीको आलोचना गर्न थालेका थिए ।

कोपा अमेरिका सुरु हुनुअघि म्याराडोनाले मेसीसँग नेतृत्व गर्न सक्ने क्षमता नरहेको बताएका थिए । ‘मेसी वास्तवमै राम्रा खेलाडी हुन् तर, उनीसँग टोलीको नेतृत्व गर्न सक्ने क्षमता छैन', म्याराडोना भन्छन् ।

यद्यपि मेसीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई पछिल्लो तीन महत्वपूर्ण प्रतियोगिताको फाइनलमा पुर्याएका छन् । तर अर्जेन्टिना ती प्रतियोगिताको फाइनलमा अतिरिक्त समय र टाइब्रेकरमा उपाधिबाट चुक्दै आइरहेको छ । त्यसैले अर्जेन्टिना पछिल्लो २३ वर्षयता अन्तर्राष्ट्रिय उपाधिविहीन छ ।

पाँच पटकका फिफा वर्ष खेलाडी मेसीले अर्जेन्टिनालाई सन् २०१४ को फिफा विश्वकप, गत वर्षको कोपा अमेरिका र यो वर्षको कोपा अमेरिकाको फाइनलमा पुयाएका थिए । यी तीनवटै प्रतियोगितामा अर्जेन्टिनाले उपाधि हात पार्न सकेन ।

यसबाहेक मेसीले सन् २००७ को कोपा अमेरिकामा समेत प्रतिस्पर्धा गरेका थिए । ब्राजिलस“ग ३-० ले पराजित भएको सो फाइनलसहित मेसीले अर्जेन्टिनी राष्ट्रिय टोलीबाट चार फाइनल गुमाइसकेका छन् ।

सन्न्यासको निर्णयसँगै अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी मेसीको देशलाई अन्तर्राष्ट्रिय उपाधि दिलाउने योजना भने अधुरै रहने भएको छ । उनले राष्ट्रिय टोलीबाट ५५ गोल गरेका छन् ।

मेसी राष्ट्रका लागि भन्दा क्लबका लागि निकै सफल खेलाडी हुन् । स्पेनिस क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आइरहेका मेसीले क्लबबाट जति सफलता हात पारे अन्य खेलाडीले सायदै त्यो सफलता हात पारेका छन् । क्लब फुटबलमा अत्यधिक सफल मेसीले आफूमाथि लागेको राष्ट्रका लागि असफल खेलाडीको ट्याग हटाउन भने असफल रहे ।

सेर्जियो र मार्सेरानोले समेत अर्जेन्टिनाका लागि नखेल्ने
विश्व फुटबलका स्टार लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरे लगत्तै अर्जेन्टिनाको फुटबल टिम छिन्न भिन्न भएको छ ।

सोमबार बिहान कोपा अमेरिकाको फाइनलमा पेनाल्टी सुट आउटमा चिलीले अर्जेन्टिनालाई ४-२ ले हराएपछि अर्जेन्टिनाको फुटबल टिम छिन्न भिन्न भएको हो।

मेसीले पेनाल्टी सुट आउट मिस गरेपछि अन्तराष्ट्रिय फुटबलबाटै सन्यासको घोषणा गरेपछि  अर्जेन्टिनाका अन्य स्टाइकरले समेत राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका छन् ।

अर्जेन्टिनाका अर्का स्ट्राइकर सेर्जियो अग्गेरो र जाभियर मार्सेरानोले समेत राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका हुन् । सेर्जिया म्यन्चेस्टर सिटी स्ट्राइकर हुन् भने जाभियर बार्सिलोनाका डिफेन्डर हुन् ।

सँगै, अर्जेन्टिनाका चर्चित खेलाडी डिमारिया, हिगुइन, लाभेञ्जी, लुकासलगायतले  समेत राष्ट्रिय टिम छोड्ने सम्भावना देखिएको छ ।

राष्ट्रिय टिमबाट सबै चर्चित स्ट्राइकर बाहिरिने बताएको भए पनि अर्जेन्टिनाका प्रशिक्षक टाटा मार्टिनोले भने यस सम्बन्धमा केही बताएका छैनन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.