केरीद्वारा इयुलाई धैर्य गर्न आग्रह

केरीद्वारा इयुलाई धैर्य गर्न आग्रह

एजेन्सीः युरोप भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री जोन केरीले युरोपियन युनियन (इयु) सदस्य राष्ट्रलाई सोमबार  धैर्य हुन आग्रह गरेका छन् ।

बेलायत २८ सदस्यीय इयुबाट बाहिरिने निर्णय लिएको अवस्थामा बाहिरिँदा प्राविधिक समस्या हल गर्न बेलायतलाई केही समय आवश्यक हुने भएकाले इयुले धैर्य गर्नुपर्ने केरीले बताएका हुन् ।

विदेशमन्त्री केरीले भने, ‘मलाई लाग्छ यो संक्रमणकालीन अवस्थामा कसैले पनि आफ्नो इज्जतविपरीत मूर्खता प्रदर्शन गर्नु हुँदैन ।’ फ्रान्स लगायत कयौं देशले बेलायतलाई छिटोभन्दा छिटो इयु छोड्न आग्रह गरेका बेला केरीको यस्तो भनाइ आएको हो ।

जुन २३ को जनमत संग्रहले बेलायतलाई युरोपेली संघ छोड्ने जनादेश दिएपछि यस विषयमा मित्रराष्ट्रका प्रतिक्रिया बुझ्न उनी युरोप आइपुगेका हुन् । प्रायः युरोपको भविष्यसँग जोडेर हेर्ने गरिएको बेलायतले कम्तीमा पनि ५ दशकको इतिहास बोकेको यस संगठनको त्याग गर्ने निर्णय गरेको यो पहिलो देश हो ।

गत ४३ वर्षदेखि आबद्ध रहेको युरोपेली संघ (इयु)को सदस्य राष्ट्रका रूपमा अब बेलायत नरहने जनादेश प्राप्त भएको छ ।

बेलायत सन् १९७३ बाट युरोपेली संघको सदस्यको रूपमा रहँदै आएको थियो । गत बिहीबार इयुको सदस्यका रूपमा बस्ने वा निस्किने भन्ने विषयमा बेलायतमा भएको जनमत संग्रहमा इयुबाट बाहिरिने मतदानले बहुमत प्राप्त गरेपछि अब बेलायत इयुबाट बाहिरिने भएको छ ।

इयुमा आबद्ध रहिरहनु पर्छ भन्ने विषयमा समर्थन जनाउँदै आएका प्रधानमन्त्री डेभिड क्यामरुनले आफ्नो पदबाट तीन महिनाभित्र राजीनामा दिने घोषणा गरेका छन् । बेलायत इयुसँग आबद्ध हुँदा सुरक्षित हुने र आर्थिक अवस्था पनि बढी राम्रो हुने बताउँदै आएका थिए । आफ्नो मान्यताविपरीत परिणाम आएपछि क्यामरुनले देशलाई नयाँ गन्तव्यमा पु¥याउन आफ्नो उपस्थिति राम्रो नहुने तर्क दिँदै राजीनामा घोषणा गरेका हुन् ।

सन् १९५१ मा ६ वटा राष्ट्र बेल्जियम, जर्मनी, फ्रान्स, इटाली, लक्जम्बर्ग र नेदरल्यान्ड्सबीच आर्थिक सहयोग र समन्वय सुरु भई तिनै सहभागी राष्ट्रको सक्रियतामा ६ वर्षपछि सन् १९५७ मा युरोपेली संघ खडा भएको थियो ।

बेलायत बाहिरिनुअघि यस संघमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, क्रोएसिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रिस, हंगेरी, आयरल्यान्ड, इटाली, लात्भिया, लिथुआनिया, लक्जम्बर्ग, माल्टा, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन, स्विडेन, बेलायतसहित २८ राष्ट्रको सहभागिता रहेको थियो ।

युरोपेली देशहरूको साझा संस्थाका रूपमा रहेको यस संघको साठी वर्षे इतिहासमा यस्तो निर्णय लिई बाहिरिने बेलायत पहिलो राष्ट्र भएको छ । यो निर्णयसँगै बेलायतलाई पनि एकीकृत रूपमा रहने विषयमा चुनौती हुनसक्ने अनुमान पनि विश्लेषकहरूको छ ।

इयुबाट बाहिरिने पक्षमा बहुमत प्राप्त भएको प्रारम्भिक नतिजा आउनासाथ अमेरिकी डलरको तुलनामा स्टर्लिङ पाउन्डको मूल्यमा एक्कासि गिरावट आएको थियो । यो अवमूल्यन ३१ वर्ष अर्थात् सन् १९८५ यताकै तल्लो बिन्दुमा झरेको थियो । त्यसैगरी इयुबाट बाहिरिने पक्षमा ५२ प्रतिशत मतदान भएको थियो भने आबद्ध भएर बस्नुपर्छ भन्नेमा ४८ प्रतिशत मतदान भएको थियो । बेलायतले युरोपेली संघ छाड्ने निर्णय आएलगत्तै विश्वबजारमा यसको प्रभाव परेको छ ।

 

जातिवादी घटना असह्य: क्यामरुन
लन्डन: बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनका प्रवक्ताले बहुमत जनताले बेलायत युरोपियन युनियन (इयु)बाट छुट्टिने पक्षमा मतदान गरेपछि मुलुकभित्र विभिन्न जातिवादी घटनाले चर्चा पाएको भन्दै यस्ता गतिविधि सह्य नहुने बताएका छन् ।

सरकारले असहिष्णुता नसहने बताउँदै जनमत संग्रहलगत्तै एक पछि अर्को गर्दै आप्रवासी समुदायलाई भयभीत पार्ने काम भएको भन्दै त्यसो नगर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ । सरकार राष्ट्रियताविरोधी गतिविधि गर्ने जो कोहीविरुद्ध पनि कानुनी कारबाही गर्न कुनै कसर बाँकी नराख्ने सरकाको भनाइ छ ।

उनले स्कटल्यान्डले १८ महिना पहिले जनमत संग्रह गरी संयुक्त राज्यबाट नबाहिरिने निर्णय लिएको सन्दर्भ बताउँदै भने, ‘एउटा जनमत संग्रह गरेको दुई वर्ष नपुग्दै सोही विषयमा दोस्रो जनमत संग्रह गर्न खोज्नु ठिक हुँदैन ।’ स्कटल्यान्ड संयुक्त अधिराज्यमा रहने निर्णय १८ महिना जति बलियो थियो अहिले पनि त्यति नै बलियो भएकोप्रति पनि प्रधानमन्त्रीका प्रवक्ताले सचेत गराए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.