टेनिस खेलाडी मुगुरुजाको फुटबल मोह

टेनिस खेलाडी मुगुरुजाको फुटबल मोह

एजेन्सीः अधिकांश अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैले आफ्नै देशलाई समर्थन गर्छन् । स्पेनिस टेनिस स्टार गार्बिन मुगुरुजा पनि जारी युरोकप फुटबल प्रतियोगितामा आफ्नै देश स्पेनलाई समर्थन गर्दैछिन् ।

तर स्पेनलाई समर्थन गर्ने उनको शैली भने केही फरक छ । हाल वर्षको तेस्रो ग्रान्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डनका लागि लन्डनमा रहेकी मुगुरुजा स्पेनिस राष्ट्रिय फुटबल टोलीको जर्सी लगाएर सार्वजनिक कार्यक्रममा पुग्ने गरेकी छिन् ।

उनी सोमबार भएको विम्बलडनको पत्रकार सम्मेलनमा समेत राष्ट्रिय फुटबल टोलीकै जर्सी लगाएर उपस्थित भइन् । युरोकप र स्पेनिस फुटबल टोलीको बारेमा उनले पत्रकारहरूस“ग केही समय गफ पनि गरिन् ।

पत्रकारहरूको जिज्ञासामा मुगुरुजाले स्पेनिसहरू फुटबल भनेपछि हुरुक्कै हुने गरेको प्रतिक्रिया दिइन् । ‘स्पेनिस नागरिक फुटबल भनेपछि हुरुक्कै हुन्छन्', मुगुरुजाले भनिन्, ‘स्पेनमा यदि तपाईं फुटबल हेर्नुहुन्न भने कतिपय स्थितिमा तपाईंलाई मरेतुल्य हुने अवस्थासमेत सिर्जना हुनेछ । तपाईंस“ग कोही बोल्न रुचाउने छैनन् ।'

मुगुरुजाले आफू स्पेनिस टोलीको समर्थक भएको र राष्ट्रिय टोलीको अधिकांश खेल हर्ने गरेको पनि बताइन् । ‘स्पेनका प्रायः खेलहरू हेर्ने गरेकी छु ।

फुटबल हेरेर बस्दा आफ्नो खेलको तयारीमा पनि केही मुस्किल पर्ने गरेको छ', उनले भनिन्, ‘तर समय मिलाएर हेर्ने गरेकी छु ।' उनले स्पेनिस फुटबल टोलीमा आफूलाई रक्षक सर्जियो रामोस र मिडफिल्डर आन्द्रेस इनिएस्टा मनपर्ने खेलाडी भएको पनि बताइन् ।

‘मलाई रामोस मन पर्छ । साथै इनिएस्टा पनि मन पर्छ', मुगुरुजाले भनिन् । अघिल्लो महिनामात्रै ग्रान्डस्लाम टेनिस फ्रेन्च ओपनको उपाधि जितेकी मुगुरुजालाई विम्बल्डनमा पनि उपाधिको दाबेदारका रूपमा हेरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.