प्रचण्डलाई राजदूतको प्रश्न, ‘अष्ट्रेलिया भ्रमण किन स्थगित'

प्रचण्डलाई राजदूतको प्रश्न, ‘अष्ट्रेलिया भ्रमण किन स्थगित'

काठमाडौँ:  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड' र अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटबीच मंगलबार भेटवार्ता भएको छ ।

भेटमा राजदूत ग्लेनले अध्यक्ष प्रचण्डको अष्ट्रेलिया भ्रमण रद्ध भएको सम्बन्धमा प्रश्न गरेका छन् ।  राजदूत ग्लेनले मिडियामा आएजस्तो स्थिति नभएको समेत प्रष्ट पारेका छन् ।

प्रचण्डको भ्रमण स्थगित किन भयो भन्ने विषयमा जिज्ञासा राख्दै राजदूत ग्लेनले भने, ‘हामी नियमित अष्ट्रेलियन सरकार, पुलिस र महान्यायाधीवक्ताको सम्पर्कमा छौँ । तपाईंको भ्रमण किन स्थगित भयो ?'

जवाफमा प्रचण्डले समेत मिडियामा आएजस्तै ढंगले भ्रमण स्थगित नभएको बताए । जवाफमा प्रचण्डले भने, ‘वर्तमान राजनीतिक स्थिति, अन्तरिक कामको चापका कारण भ्रमण स्थगित भएको हो ।'

प्रचण्डले राजदूत ग्लेनसँग उपयुक्त समयमा अष्ट्रेलियाको भ्रमण गर्ने समेत बताएका छन् । उनले अष्ट्रेलियामा आम निर्वाचन भइरहेकाले समेत भ्रमण स्थगित गर्नुपरेको बताएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

भेटमा अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक विकासका बारेमा राजदूत ग्लेनलाई जानकारी गराएका छन् ।  

नेपालको राजनीतिक विकास प्रक्रिया विशिष्ट खालको भएको बताउदै प्रचण्डले संविधान कार्यान्वयन गर्न र शान्ति प्रक्रियाका बाँकी कार्यभार पुरा आफू सक्रिय रहेकोमा प्रष्ट पारे ।

 

प्रचण्डले पछिल्ला राजनीतिक समस्या समाधानका लागि राष्ट्रिय सहमतिय सरकार बनाउने विषयमा पहल भइहरेको जानकारी राजदूतलाई गराएका छन् । उनले राष्ट्रिय सरकारका लागि उच्च राजनीतिक नेतृत्वसँग सकारात्मक छलफल भइरहेको समेत खुलासा गरे । उनले यसका लागि अन्तराष्ट्रिय समूहलाई सकारात्मक सहयोगको निम्ति समेत आग्रह गरेका छन् ।

भेटमा राजदूत ग्लेनले अष्ट्रेलियन सरकारले नेपाल र नेपाली जनतालाई सहयोग गर्दै आइरहेको अवगत गराउदै पुनर्निमाणमा समेत काम गरिरहेको जानकारी गराए । प्रचण्डले भूकम्पपछिको पुनर्निमाणमा अष्ट्रेलियाको सरकारले गरेको सहयोगप्रति धन्यवाद दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.