मेसीलाई राष्ट्रपतिले भने: अर्जेन्टिनाको टीम अहिले नछोड

मेसीलाई राष्ट्रपतिले भने:  अर्जेन्टिनाको टीम अहिले नछोड

ब्यूनसआयर्स: अर्जेन्टिनाका महान फुटबलर डिएगो माराडोना र राष्ट्रपति मौरिसियो म्याक्रीले लियोनल मेसीलाई राष्ट्रिय टीम नछाड्न आग्रह गरेका छन् ।

चिलीसँग कोपा अमेरिकाको उपाधि दोस्रो पटक पनि गुमाएपछि निराश भएका मेसीले सोमबार अर्जेन्टिनाबाट फुटबल नखेल्ने भन्दै सन्यासको घोषणा गरेका थिए ।

बार्सिलोनाका यी सुपरस्टारले चिलीविरुद्ध कोपा अमेरिका फुटबल उपाधिको सुटआउटमा पेनाल्टी गर्नबाट चुकेपछि रुँदै अन्तर्राष्ट्रिय फुटबल नखेल्ने घोषणा गरेका थिए ।

मेस्सीले पत्रकारहरुसँग आफूले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको बताएका थिए । मेसीको यो निर्णयले अर्जेन्टिनाको फुटबलमा हलचल ल्याएको थियो । अर्जेन्टिनाले रुसमा हुने विश्वकप फुटबलमा पनि ठूलो आशा राखेको छ ।

'उसले यो निर्णयबाट पछि हट्नै पर्छ । किनकि उसले अझै धेरै फुटबल खेल्न बाँकी छ', ला नासियोन आनलाइनले माराडोनालाई उधृत गर्दै छापेको समाचारमा भनिएको छ, 'मेसी विश्व च्याम्पियन बन्न रुसमा जानेछ ।'

 

२९ वर्षीय मेसीलाई अहिले विश्वकै सर्वश्रेष्ठ खेलाडी मानिन्छ । तर लेकिन अर्जेन्टिनाले अन्तर्राष्ट्रिय प्रतियोगिताका चारवटा फाइनल खेल हारेपछि मेसी निराश मात्रै भएका छैनन् पुरै टुटेफुटेका छन् ।

मेसीको यो निर्णयले विश्वभरका उनका फ्यान निराश छन् । उनीहरु अझै पनि मेसीको चमत्कारिक खेल हेर्न आतुर छन् । राष्ट्रपति म्याक्रीले पनि बार्सिलोनाका सुपरस्टारसँग अर्जेन्टिनाको टीममा रहिरहन मेसीलाई भनेका हुन् ।

म्याक्रीका प्रवक्ताले ला नासियोन आनलाइनलाई फोनमा भने, 'राष्ट्रपतिले मेसीलाई फोन गरेर राष्ट्रिय टीमबाट उनले खेलेको देखेर आफूले गर्व गरिरहेको बताउँदै अरुले गर्ने आलोचनामा ध्यान नदिई आफ्नो अनुरोध स्वीकारी खेलमा फर्कन भन्नुभएको छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.