मलेसियाको होटलमा नेपालीको शव
मलेसिया: मलेसियाको जोहर राज्यस्थित एक होटलमा मंगलबार बिहान एक नेपालीको शब भेटिएको छ ।
जोहर राज्यमा रहेको पिटीपी फ्लक्स्ट्रोनिक कम्पनीमा कार्यरत रोल्पाका लालबहादुर बुढाको शव उनी बस्ने होस्टननजिकैको एक होटलको कोठामा भेटिएको हो ।
७ वर्षदेखि सो कम्पनीमा कार्यरत उनी सो सोमबार बेलुका कामबाट फर्किएका थिए । सोमबार साँझबाट होस्टल छोडेका उनको शब मंगलबार बिहान भेटिएपछि होटल प्रशासनले कम्पनीमा जानकारी गराएको मोरङका कमल आचार्यले बताए ।
मृतक रोल्पाको कुन गाविसका हुन् भन्ने नखुलेकाले उनको परिवारलाई जानकारी दिन नसकिएको आचार्यले बताए । हाल बुढाको शब सेनाइ अस्पतालमा राखिएको छ ।