सिडको सुझाव कार्यान्वयन गर्न लागिपर्छु: राणा

सिडको सुझाव कार्यान्वयन गर्न लागिपर्छु: राणा

काठमाडौं: अधिकारकर्मी वन्दना राणाले महिलामाथि हुने सबै प्रकारका भेदभाव अन्त्य गर्ने संयुक्त राष्ट्रसंघीय समिति (सिड) ले नेपाल सरकारलाई दिने सुझाव कार्यान्वयनमा दतारुकता देखाउने विश्वास दिलाएकी छन्।

केही दिनअघि सिडमा निर्वाचित राणाको सम्मानमा सञ्चारिका समूहले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले उक्त कुरा बताएकी हुन्। राणाले समितिले सिड महासन्धि अनुमोदन गरेका राष्ट्रमा महिलामाथिको विभेद अध्ययन गरी ती राष्ट्रलाई सुझाव दिने जानकारी दिइन्।

समितिमा आफ्नो सहभागिताले महिला अधिकार प्राप्तिका लागि विश्वव्यापी रूपमा भइरहेका कामलाई नेपालमा कार्यान्वयन गराउन मद्दत पुग्ने विश्वास उनको छ।
अत्यन्तै प्रतिस्पर्धात्मक सिड समितिको निर्वाचनमा आफ्नो विजय सम्पूर्ण नेपाली महिला र नेपालको भएको उनको भनाइ छ।

महिला अधिकारका क्षेत्रमा नेपालमा भएका सकारात्मक उपलब्धि र स्थानीय तहका घटनालाई विश्वव्यापी बनाउन समितिमा आफ्नो उपस्थिति महत्वपूर्ण हुने धारणा सञ्चारिका समूहकी पूर्वअध्यक्षसमेत रहेकी राणाले राखिन्।

सिड समितिको सदस्यका लागि जुन २१ तारिखमा भएको निर्वाचनमा राणाले एक सय ६ मत पाएकी थिइन्। प्रतिस्पर्धामा उत्रिएका २५ जनामध्ये ११ जना विजयी भएका थिए। ११ जनामा राणाको स्थान छैटौं रहेको छ।

समितिको सदस्यमा निर्वाचित हुने राणा नेपालका तर्फबाट पहिलो महिला हुन्। राणाले सन् २०१७ देखि ४ वर्षसम्म संयुक्त राष्ट्रसंघको सीड समितिको सदस्य भएर काम गर्नुपर्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.