कुरा नमिलेपछि संसद् २ बजेसम्मका लागि स्थगित
![कुरा नमिलेपछि संसद् २ बजेसम्मका लागि स्थगित](https://annapurnapost.prixacdn.net/media/albums/57736d560722b1.50366071_LJw7Qb6jC8.jpg)
काठमाडौँ: व्यवस्थापिका संसद्को बैठक आज पनि तीन घन्टाका लागि पर सरेको छ । हिजो साढे तीन र पाँच बजेका लागि बोलाइएको बैठक आज ११ बजेका लागि डाकिएको थियो ।
आज बिहान ११ बजे बस्ने कार्यतालिका रहेको बैठक विशेषकारण स्थगन गर्नुपरेको जनाउँदै आजै २ बजे सम्मका लागि सारिएको व्यवस्थापिका संसद्ले सचिवालयले सूचाना टाँस गरी जानकारी गराएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भूकम्पपीडित जनताई आवास निर्माण गर्न एकमुष्ट रुपमा दुई लाख र दुई प्रतिशत ब्याजदरमा रु १५ र २५ लाख दिनुपर्ने मागलाई कुन प्रक्रियाबाट सम्बोधन गर्ने विषयमा गठित कार्यदलको बैठक अहिले जारी रहेको छ ।
बैठक जारी रहेकाले सदनको बैठक पर सारिएको हो । सो कार्यदलको बैठकमा प्रमुख प्रतिपक्षी दलका सो मागका बारेमा सहमति हुन सकेको छैन ।
कार्यदलमा प्रमुख प्रतिपक्षी दलका तर्फबाट पूर्वमन्त्री कृष्ण सिटौला, केन्द्रीय सदस्य डा प्रकाशसरण महत, नेका संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ रहेका छन्।
यसैगरी सत्तारुढ दलका तर्फबाट उपप्रधानमन्त्री भीम रावल, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, नेकपा (माओवादी केन्द्र)का कृष्ण सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल संसदीय दलका नेता दिलनाथ गिरी छन् । रासस
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)