दलहरुबीच कुरो मिल्यो, विश्व बैंकसँग परामर्श गरी संसद् खुलाइने

दलहरुबीच कुरो मिल्यो, विश्व बैंकसँग परामर्श गरी संसद् खुलाइने

काठमाडौंः भूकम्पपीडितको घर पुनर्निर्माणका लागि दिइने रकमबारे जारी विवाद बुधबार टुंगिएको छ । भूकम्पपीडितको घर बनाउन पहिलो किस्तामा डेढ लाख रुपैयाँ दिने कुरामा सत्तारुढ र प्रमुख प्रतिपक्षी दलबीच सहमति जुटेपछि संसद्को अवरोध पनि हट्ने भएको छ ।

सत्तारुढ र प्रतिपक्षीले जारी संसद्को अवरोधलाई विश्व बैंकसँगको परामर्शपछि हटाउने जनाएका छन् । भूकम्पपीडितको घर बनाउन पहिलो किस्तामा २ लाख रुपैयाँ दिन माग गर्दै नेपाली कांग्रेसले ६ दिनदेखि संसद्मा अवरोध गर्दै आएको थियो ।

उसले राहत वितरणमा पनि एमालेले राजनीति गरेको आरोप लगाउँदै आएको थियो । सहमति अनुसार पहिलो किस्तामा डेढ लाख र दोस्रो किस्तामा ५० हजार दिने गरी विश्व बैंकसँग परामर्श गर्नका लागि दुबै पक्ष सहमति भएका हुन् ।

प्रधानमन्त्रीले सम्बोधन गर्ने

बिहान ११ बजेका लागि डाकिएको बैठक सहमति जुटाउन भन्दै दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

आजै दिउँसो २ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकातर्फबाट सम्बोधनको तयारी गरेका छन् ।

प्रधानमन्त्रीको सम्बोधनका लागि सत्तारुढ र विपक्षी कांग्रेस दुबै पक्षका नेता सम्बोधनको भाषा मिलाउन जुटेका छन् ।

आज भएको सत्तारुढ र प्रतिपक्षीको बैठकमा प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गर्ने जानकारी गराएपछि सम्बोधनको भाषाको तयारी भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.