६ दिनपछि सदनमा प्रधानमन्त्रीको सम्बोधन
![६ दिनपछि सदनमा प्रधानमन्त्रीको सम्बोधन](https://annapurnapost.prixacdn.net/media/albums/57738ad152cc27.92059264_n9BMf3nv8N.jpg)
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले ६ दिनको लामो प्रयासपछि आज व्यवस्थापिका संसद् बैठकलाई सम्बोधन गरिरहेका छन् ।
मधेसी मोर्चाका सांसद्हरुले बैठक वहिष्कार गरेर बाहिरिएपछि प्रम ओलीले संसदलाई सम्बोधन गरिरहेका हुन् ।
उनले सम्बोधनको शुरुमा अघिल्लो सोमबार अफगानिस्तानको काबुलमा तालिवानबाट मारिएका १३ नेपालीबारेमा जानकारी दिइरहेका छन् ।
उनले काबुल विस्फोटमा १३ जना नेपाली र १० जना अन्य घाइते भएको जानकारी दिए ।
प्रम ओली काबुल विस्फोटमा मारिएकाको शव र घाइतेहरुलाई ल्याउन वैदेशिक रोजगार कम्पनीहरुले १० हजार डलर प्रतिव्यक्ति दिएको कुरा सरासर झुटा रहेको बताए ।
‘काबुलबाट मारिएका र घाइतेहरुलाई सरकार आफैंले ल्याएको हो’, उनले भने, ‘कुनै कम्पनीले लगानी गरेर ल्याएको कुरा सरासर झुटा हो ।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)