यी हुन् प्रभाव पार्न सक्ने खेलाडी

 यी हुन् प्रभाव पार्न सक्ने खेलाडी

इडेन हाजार्ड (बेल्जियम): बेल्जियमले पछिल्लो समय हात पारिरहेका सफलतामा प्लेमेकर इडेन हाजार्डको भूमिका महत्वपूर्ण रहँदै आएको छ। उच्च खेल कौशलकै कारण हाजार्डले १७ वर्षको उमेरमा सिनियर राष्ट्रिय टोलीबाट 'डेब्यु' गरेका थिए।

बेल्जियमलाई पछिल्लो दशकमा एकाएक विश्व फुटबलको माथिल्लो क्रममा पुर्‍याउने पुस्ताका खेलाडीमध्येका हाजार्डले सानै उमेरमा चर्चा बटुले। उनले ठीक समयमा ठूला युरोपियन क्लबबाट खेल्ने अवसर पनि पाए।

हाजार्डले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा 'डेब्यु' गरेयता ६९ खेल खेलर १४ गोल गरेका छन्। एट्याकिङ मिडफिल्डर र विंगर दुवै भूमिकामा उत्तिकै खरो उत्रन सक्ने क्षमता भएका हाजार्ड सिर्जनशीलता, गति र प्राविधिक क्षमताका कारण विश्व फुटबलमा आफ्नो नाम स्थापित गर्न सफल छ।

फ्रान्सेली क्लब लिलेमा पाँच वर्ष बिताएका हाजार्डलाई सन् २०१२ मा इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले आबद्ध गरेको थियो।उनी अहिले पनि चेल्सीकै लागि खेलिरहेका छन्। हाजार्डले चेल्सीबाट घरेलु लिग र युरोपा लिग दुवैको उपाधिसमेत जितेका छन्।

हाजार्डलाई लिलेले दुई वर्ष एकेडेमीमा राखेर १६ वर्षको उमेरमा सिनियर टोलीमा अवसर दिएको थियो। सन् २०१५ मा राष्ट्रिय टोलीबाट नौ खेल खेल्दै ६ गोल गरेका हाजार्डले यो वर्ष सात खेल खेल्ने क्रममा दुई गोल गरेका छन्।

जारी युरोकपअन्तर्गत प्रिक्वार्टरफाइनल खेलमा हाजार्डले हंगेरीविरुद्ध दुई गोल गरेका थिए। कलात्मक शैलीले पास उपलब्ध गराउन सक्ने क्षमताकै कारण उनी 'सुपर्व पासर' का रूपमा पनि परिचित छन्।

पाँच फिट आठ इन्च उचाइका हाजार्डलाई लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोजस्ता खेलाडीसँग पनि तुलना गर्ने गरिएको छ। उनलाई प्रशिक्षक, समीक्षक र पत्रकारहरूले पनि विश्व फुटबलका उत्कृष्ट फुटबलरमध्ये राख्ने गरेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.