समयको चेपुवामा छौं, जनताका दुःख छिटो हटाऊँ’

समयको चेपुवामा छौं, जनताका दुःख छिटो हटाऊँ’

काठमाडौंः ६ दिनपछि खुलेको संसद्मा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपीडितहरुलाई राहत दिने काममा कसैले पनि खोँचे थाप्न नहुने बताएका छन् ।

भूकम्पपीडितका घर पुनर्निर्माणका लागि पहिलो किस्तामै दुई लाख दिनुपर्ने प्रमुख प्रतिपक्षी दल कांग्रेसको मागबारेमा सदनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारकातर्फबाट पीडितहरुलाई राहत दिने कुरामा कुनै कन्जुस्याइँ नगरिएको स्पष्ट पारे ।

‘सरकार भूकम्पपीडितलाई एकैमुष्ट रकम पनि दिन तयार छ । तर सरकारले दिएको राहत दुरुपयोग हुनु भएन’, ओलीले भने, ‘कांग्रेसले भएन भनेको मैले बुझिन, कांग्रेसको मागबारे दातृनिकायसँग परामर्श गर्न सरकार तयार छ । तर यसरी खोँचे थाप्न भएन ।’

भूकम्पपीडितलाई राहत र पुनर्निर्माणका लागि स्थापित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसहितमा पार्टी विशेषले राजनीतिक भर्ती गर्यो भन्ने कुरा अफबाह मात्र रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

‘सरकारले त्यसरी कसैलाई भर्ना गरेको छैन । दलीय र आस्थाका आधारमा कुनै भूकम्पपीडितलाई भेदभाव गर्रिको छैन’, उनले भने, ‘सरकार चाँडो भन्दा चाँडो भूकम्पपीडितलाई घरमा भित्र्याउन आतुर छ । तर यो प्रयासमा प्रतिपक्षीको पनि साथ हुनुपर्यो, अनावाश्यक शंका गर्नु भएन ।’

कांग्रेसले गरेको मागबारे बोल्दै प्रम ओलीले पुर्व सरकारले नै चार किस्तामा दिने भनेर सम्झैता गरेकाले अफ्ठेरो परेको उनको भनाइ थियो ।

‘अहिले भइरहेको कार्यविधि र निर्देशिकामा उपयुक्त परिमार्जन गरेर भूकम्पपीडितलाई पहिलो किस्ताकै रकम बढाउन सकिन्छ । पहिलो किस्तामा ५० हजारमा एक लाख थपेर डेढ लाख गराउन सकिन्छ’, उनले भने, ‘जनताका दुःख छिटो हटाऊँ भन्ने कुरामा कुनै दुई मत छैन । हामी परिस्थिति र समयको चेपुवामा छौं, त्यसैले केही कामहरु चाँडो सक्नुछ ।’

 

प्रधानमन्त्री ओलीले अहिलेसम्ममा ७ लाख १७ हजार ७ सय १८ घरधुरीको सर्भेक्षण सकिएको जानकारी दिँदै ५ लाख ३३ हजार ४ सय ५४ जना घरधनीको नाम अनुदान पाउने सूचीमा आइसकेको बताए ।

‘भूकम्पपीडितको गुनासो र चित्त नबुझाई छ भने सरकारले सुनेर फेरि भेरिफाइ गरिएको छ’, उनले भने, ‘भूकम्पपीडितलाई अहिलेसम्म १२ अर्ब ४४ करोड ६८ हजार निकासा भइसकेको छ ।’

ओलीले अहिलेसम्म २८ वटा सामुहिक भवन हस्तान्तरण भइसकेको बताए । उनले ८ वटा तयारी भएर केही दिनमै बुभाउने र थप ४६ वटा सामूहिक भवन पनि १० दिनभित्र बुझाउने प्रष्टिकरण दिए ।

यो पनि 

प्रधानमन्त्रीले बोल्दै गर्दा कांग्रेसको अवरोध

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.