युरोकपको स्तर बढेको छ

युरोकपको स्तर बढेको छ

राष्ट्रिय टोलीको प्रशिक्षण चलिरहेकोले युरोकपका खेलले तयारीमा पनि सहयोग मिलेको छ। राति टेलिभिजनमा देखेको शैलीलाई अभ्यासमा उतार्न सकियो भने राम्रो हो। हामीजस्ता खेलाडीले युरोकपबाट सिक्ने भनेको टेक्निक र टोलीको स्पिरिट नै हो।

अर्कोतिर युरोकपको मजा त छँदैछ। नकआउट चरणको खेल सोचेभन्दा राम्रो भइरहेको छ। बलिया भनिएका स्पेन र इङ्ल्यान्डले नमीठो हार खेपेका छन्। पहिलेको भन्दा युरोकपको स्तर बढेको छ। पहिला अनुमान लगाएकै टोलीले जित्ने गर्थे तर, अहिले जुनसुकै टोलीले हार्ने र जित्न सक्ने देखिन्छ।

युरोकपमा उमेरले ४० काटेका खेलाडीले पनि दमदार खेल खेल्न सकेका छन्। यसबाट हामीले पनि केही मनन् गर्न सक्नुपर्छ। कसरी खेलमा टिक्न सकिन्छ भन्ने तरिका युरोकपले सिकाएको छ। खेलाडीको व्यक्तिगत र समूहगत खेललाई विशेष चासो दिएर हेर्न सकियो भने धेरै फाइदा हुन्छ। अहिले चर्चामा रहेका जर्मनी, इटाली र फ्रान्सले उच्चस्तरको खेल खेलेका छन्।

युरोकपको उपाधि पनि यही टोलीमध्ये एउटाले जित्छ। मलाई युरोकपमा मन पर्ने टोली जर्मनी हो। जर्मनीपछि म इटालीको समर्थक हुँ। इटालीले अहिले माथिल्लो लेभलको फुटबल खेलिरहेको छ। जर्मनी भने सदाबहार टोली हो।

मिडफिल्ड र स्ट्राइकिङ लाइन जर्मनीको धेरै राम्रो छ। सन्तुलनमा रहेर खेल्नु उसको अर्को विशेषता हो। पासिङ र काउन्टर आक्रमण जर्मनी धेरै राम्रो छ। अहिले फ्रान्सले पनि राम्रो खेलिरहेको छ।

फ्रान्सलाई घरेलु मैदानको फाइदा पनि छ। युरोकपमा आफूले समर्थन गरेको जर्मनीले उपाधि जितोस् भन्ने चाहन्छु। विश्वकप जितिसकेको जर्मनीको मनोबल उच्च रहनु स्वाभाविक छ। 

(विकेश राष्ट्रिय फुटबल टोलीका गोलरक्षक हुन्।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.