११ वर्षका बेहुलाका लागि २६ वर्षकी दुलही !

११ वर्षका बेहुलाका लागि २६ वर्षकी दुलही !

एक ११ वर्षको दुलाहाका लागि २६ वर्षकी दुलही खोजियो भन्दा तपाईंलाई कस्तो लाग्ला ? बालविवाह हुने गाउँमा सामान्य लाग्ने यो घटना अन्य स्थानमा भने आश्र्चयजनक छ ।

सानो उमेरमा विवाह गर्दा हुने विभिन्न समस्याका बारेमा जानकारी नहुँदा अभिभावकले सानै उमेरमा आफ्ना छोराछोरीको विवाह गरिदिने गरेका छन् । जसका कारण दुलाहादुलहीले पछि धेरै दुःख पनि पाएका छन् ।

११ वर्षको दुलाहाका लागि २६ वर्षकी दुलही खोजिएको कहानी भने सत्यतामा आधारित एक फिल्म हो । यो भारतमा तयार पारिएको हो । भारतको राजस्थान तथा पाकिस्तानको सीमाना नजिक रहेको एक गाउँमा घटेको घटनालाई आधार मानेर ‘सांकल' नामक फिल्म तयार पारिएको फिल्मका डाइरेक्टर दैदीप्य जोशीले बताएका छन् ।

उक्त गाउँमा आफ्नै गाउँका केटाकेटीबीच मात्र विवाह गर्ने चलन रहेको छ । गाउँमा केटाको संख्या कम भएपछि उमेर पुगेका युवतीले सानो उमेरका बालकसँग विवाह गर्नुपरेको बाध्यतालाई पनि उजागर गरिएको छ ।

इण्डियन फिल्म फेस्टिबल मेलबर्नमा पनि प्रदर्शन भएको यो फिल्ममा २६ वर्षकी एक युवतीले ११ वर्षको बालकसँग विवाह गरेको, त्यसले समाजमा पारेको असर, लामो जन्मान्तर तथा कम उमेरमा भएको विवाहले निम्त्याउने समस्या लगायतका विषयलाई उठाइएको छ ।

उक्त फिल्मका लागि विदेशमा पनि विभिन्न अवार्ड तथा राम्रो सन्देश दिने चलचित्र भनेर मुल्यांक गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.