सरकारले मोर्चासँग वार्ता गरेर हुँदैन: उपेन्द्र यादव
काठमाडौं: संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सरकारले संघीय गठबन्धनसँग वार्ता गरेमात्र निष्कर्ष निस्कने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले बुधवार सञ्चालन गरेको साक्षात्कार कार्यक्रममा यादवले भने–‘मधेसी मोर्चा पनि संघीय गठबन्धनमै छ । गठबन्धन आन्दोलनमा छ त्यसैले गठबन्धनसँगै बार्ता गर्नुपर्छ । अलग अलग बार्ता गरेर समस्याको समाधान निस्कदैन ।' यादवले सम्भव भएसम्म संविधानसभाको निर्वाचनमा सहभागी नभएका दलहरुसँग पनि सरकारले वार्ता गरे मुलुकले निकास पाउने बताए ।
आफूलाई गठबन्धनमा रहेका २८ दलले संयोजक चयन गरेको भन्दै यादवले सबैको समर्थन भएपनि व्यक्तिगत ईश्याका कारण कसै कसैले विरोध गरेको बताए ।