'मेस्सीले स्वर्गमा खेले पनि मर्न तयार छौँ'
काठमाडौं: कोपा अमेरिकाको फाइनलमा हारेपछि घर फर्केका लियोनेल मेसीलाई उनको देश अर्जेन्टिनामा भब्य स्वागत गरिएको छ ।
राजधानीस्थित विमानस्थलमा जम्मा भएका हजारौं शुभेच्छुकहरुले उनको स्वाग गरेका हुन् ।
अर्जेन्टिनासहित विश्वभरका उनका फ्यान अहिले उनलाई फुटबलमा फर्काउने प्रयासमा छन् । मेस्सीको जादुयी खेलको ब्यग्र प्रतिक्षामा रहेका उनका फुटबल प्रेमीले निरन्तर खेलमा फर्कन भनिरहेका छन् ।
अर्जेन्टिनामा उत्रेका मेसीको स्वागतका लागि जम्मा भएका समर्थकले उनले स्वर्गमा गएर फुटबल खेलेमा आफूहरु मर्न तयार रहेको सन्देश पनि दिएका छन् ।
'मेस्सी यदि तिमी स्वर्गमा खेल्यौ भने तिम्रो खेल हेर्नका लागि हामी आफ्नो ज्यान दिन तयार छौं', विमानस्थलमा जम्मा भएका समर्थकले बोकेको पम्प्लेटमा लेखिएको थियो,'हामीलाई छोडेर नजाउ मेसी । हामी तिमीलाई आफ्नी आमा भन्दा पनि धेरै माया गर्छौं ।'
यति मात्रै होइन मेसीका आइडल डिएगो म्याराडोनाले पनि मेसीलाई आफ्नो निर्णयबाट पछि हट्न भनिसकेका छन् ।
म्याराडोनाले मेस्सीले अर्जेन्टिनाका लागि खेलिरहनुपर्ने बताउँदै सन् २०१८ मा रुसमा हुने विश्वकपमा च्याम्पियन बनाउन पनि आफ्नो निर्णयबाट पछि हट्नुपर्ने उनको धारणा छ ।
अर्जेन्टिनाका राष्ट्रपति मौरीसियो म्याक्रीले ट्वीट गर्दै आफूसहित जनतालाई विश्वका महानज फुटबलरले अझै देशका लागि खेल्ने आशा गरेका छन् ।
मेस्सीका सहकर्मी सर्जियो रोमेरोले पनि यो भावुक फैसलाबाट पछि हटेर मेस्सी देशका लागि फेरि खेल्न तयार हुने बताएका छन् ।
उता मेस्सीले भने आफूले यो निर्णय लिनुअघि धेरै सोचेको जनाउँदै आफ्नो कदमबारे आफू जानकार रहेकोले यही नै अन्तिम निर्णय भएको बताएका छन् ।