प्रतिबन्धित देशमा जिल्लाबाटै कामदार पठाउँछन् म्यानपावर

 प्रतिबन्धित देशमा जिल्लाबाटै कामदार पठाउँछन् म्यानपावर

घोराही: जिल्लामा सम्पर्क कार्यालय खोलेर अनुमति नभएका देशमासमेत कामदार पठाउँदै आएका यहाँका म्यानपावर कम्पनीमा छापा मारेर प्रहरीले कागजपत्र नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयमा एकरात थुनेर म्यानपावर कम्पनीका प्रमुख तथा प्रतिनिधिलाई बुधबार तारेखमा छाडिएको छ।घोराही, तुलसीपुर, लमही र भालुवाङ क्षेत्रमा सञ्चालनमा आएका त्यस्ता म्यानपावर कम्पनीमा मंगलबार छापामारी प्रहरीले सञ्चालक र कागजपत्र नियन्त्रणमा लिएको थियो । प्रहरीले २१ वटा म्यानपावर कम्पनीका सम्पर्क कार्यालयमा छापा मारेको थियो।

जिल्ला प्रहरी कार्यालयका अनुसार ती म्यानपावर कम्पनीले अनुमति नै नभएका देशमा कामदार पठाउने गरेको गुनासो आएपछि कागजपत्र नियन्त्रणमा लिएर छानबिन सुरु गरेको हो।'सरकारले अनुमति नदिएका देशमा पनि अवैध रुपले पठाउने भन्दै पैसा उठाएको गुनासो आएको छ', जिल्ला प्रहरी प्रमुख धिरजप्रताप सिंहले भने, 'अफगानिस्तान, इराकजस्ता प्रतिवन्धित देशमा पठाउने भन्दै पैसा खाएको, कतिपय मानिसलाई त्यहाँ पठाउने भनेर अलपत्र पारेको भन्ने उजुरी आएपछि हामीले म्यानपावरमा छापा मारेका हौं।'

सरकारले अफगानिस्तान, इराक, सिरिया तथा लिवियाजस्ता देशमा कामदार पठाउन प्रतिवन्ध लगाएको छ। तर, जिल्लामा खोलिएका म्यानपावरका सम्पर्क कार्यालयले ति देशमात्रै होइन, बिना भिसा तेस्रो मुलुकसम्म कामदार पठाउने भन्दै पैसा उठाएको प्रहरीले जनाएको छ।

'जुन देशले भिसा नै जारी गरेको छैन, त्यस्तो देशमा पनि अवैध बाटोबाट पठाउन पैसा उठाएको गुनासा धेरै आएका छन्', प्रहरी प्रमुख सिंहले भने।

 

प्रहरीले गौरीशंकर ओभरसिज प्रालि घोराही, लक्की एचआर सोलुसन घोराही, जुपिटर ओभरसिज प्रालि घोराही, लाईफलाईन ओभरिसज प्रालि घोराही, जबट्रयाक ओभरसिज प्रालि घोराही, मोन्टेज ओभरसिज प्रालि घोराही, शेर्पा ईन्टरनेश्नल प्रालि घोराही, रिभाईभ नेपाल प्रालि घोराही, मोभेरा एचआर सर्भिस प्रालि घोराही, द रिभर ओभरसिज प्रालि घोराही, एसओएस प्रालि घोराही, लालधनुष इन्टरनेश्नल प्रालि घोराही, ग्लोवल इन्टरनेश्नल रिकुटमेन्ट प्रालि तुल्सीपुर, शेर्पा इन्टरनेश्नल कन्सल्टेन्सी प्रालि तुल्सीपुर, दिआरएस ओभरसिज प्रालि तुल्सीपुर, कान्तिपुर मेनपावर सर्भिस प्रालि तुल्सीपुर, मदरल्याण्ड ओभरसिज प्रालि तुल्सीपुर, जव प्लेसमेन्ट सर्भिस प्रालि तुल्सीपुर, गोल्डेन इगल मेनपावर लमही, जेनेटिक मेनपावर लमही, लालधनुष मेनपावर लालमटिया भालुवाङका सञ्चालक तथा कागजपत्र नियन्त्रणमा लिएको थियो।

जिल्लामा खोलिएका अधिकांश म्यानपावर मूल कम्पनी नभइ उनीहरूका शाखा हुन्। त्यस्ता शाखा जिल्लामा खोल्दासमेत अनुमति लिनुपर्ने भएपनि धेरैजसो म्यानपावरका सम्पर्क कार्यालयसँग अनुमति नै छैन।

'सबैले आवश्यक कागजपत्र पेश गर्छौं भनेका छन्, त्यसैका आधारमा उनीहरूलाई तारखेमा छाडिएको छ' उनले भने, 'धेरैजसो म्यानपावरको दर्ता नै छैन, अनुमति पनि छैन एजेन्ट पनि दर्तावाल छैनन्।'

सम्पर्क कार्यालय खोलेका यी म्यानपावरले जिल्लाका गाउँ गाउँमा आफ्ना 'दलाल' राखेका छन्। गाउँका युवा-युवतीलाई फकाइफुल्याइ विदेशको प्रलोभनमा पार्ने ती एजेन्टको साथमा लागेर कतिपयले भिसा नै नलाग्ने देशका लागि समेत ठूलो रकम डुबाएका छन्।

अहिलेसम्म जिल्लामा करिब ४ दर्जनभन्दा बढी म्यानपावर कम्पनीले सम्पर्क कार्यालयका खोलेका छन्। तर, आधा दर्जन म्यानपावरका ती सम्पर्क कार्यालयसँग कार्यालय खोल्ने अनुमति नै छैन।

'न उनीहरूको दर्ता छ न अनुमति तै पनि कागजपत्र लिएर आउछौँ भनेका छन्' प्रहरी प्रमुख सिंहले भने, 'धेरै मानिसको गुनासो आउन थालेको छ।'

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.