जर्मनीको आक्रामक खेल मनपर्छ

 जर्मनीको आक्रामक खेल मनपर्छ

डम्बरसिंह गुरुङ
युरोकपका खेलहरू अहिलेसम्म निकै प्रतिस्पर्धात्मक भएका छन् । जारी युरोकपमा मेरो रोजाइको टिम क्रोसिया हो । क्रोसियामा अरू देशको जस्ता नाम चलेका खेलाडी छैनन् । तर क्रोएसियाका खेलाडीमा सामूहिक भावना निकै राम्रो थियो ।

राम्रो खेलेर पनि क्रोएसिया प्रिक्वार्टरफाइनलबाटै बाहिरिएपछि जर्मनी मेरो दोस्रो रोजाइमा परेको छ । तर जर्मनीको आक्रामक खेलले मलाई लोभ्याउँछ । जर्मनी युरोकपको फाइनलमा पुग्छजस्तो लाग्छ ।

जर्मनीसँग फाइनलमा बेल्जियमको भिडन्त पर्लाजस्तो लाग्छ । बेल्जियमले पनि राम्रो खेल प्रदर्शन गरिरहेकाले फाइनलमा पुग्ने विश्वास छ । हुन त आयोजक फ्रान्स र इटालीले पनि राम्रो खेल्दैछन् । तर बेल्जियमको प्रदर्शन निकै स्तरीय छ ।

समूहगत चरणको खेलमा धेरै गोल हुन सकेन । जति कम गोलअन्तरले जित हार हुन्छ त्यति नै खेल राम्रो र प्रतिस्पर्धात्मक हुन्छ । त्यसैले समूहगत चरणका खेल निकै प्रतिस्पर्धात्मक थिए ।

युरोकपजस्तो प्रतिस्पर्धामा धेरै गोलअन्तरले हारजित हुनु भनेको राम्रा होइन । जारी युरोकपबाट हाम्रा फुटबल खेलाडीले पनि धेरै कुरा सिक्न सक्नुपर्छ ।

खेलाडीको खेल्ने शैली, राष्ट्रका लागि टिम वर्क, पछिल्लो समय विश्व फुटबलमा भित्रिएका प्रविधिजस्ता कुरालाई हामीले नजिकबाट नियाल्न सक्नुपर्छ र ती कुरालाई आफ्नो खेलजीवनमा व्यवहारमा समेत उतार्न सक्नुपर्छ ।

हाम्राभित्र घमण्ड गर्ने तर, मेहनत नगर्ने समस्या छ । यसलाई सुधार नगरेसम्म नेपालको फुटबलको विकास हुँदैन । हाम्रा खेलाडीमा घमण्ड र एटिच्युट सबैभन्दा ठूलो समस्या हो । त्यसमा सुधार ल्याउन युरोकपबाट धेरै कुरा सिक्ने सकिन्छ ।

मैले क्लब फुटबल बढी हेर्न रुचाउँछु । क्लब फुटबलबाट व्यावसायिकताका कुराहरू राम्ररी सिक्न सकिन्छ । फेरि क्लब फुटबलमा नाम चलेका खेलाडीले नै राष्ट्रिय टोलीबाट युरोकप, विश्वकप, कोपा अमेरिकाजस्ता ठूला प्रतियोगिता खेल्ने हुन् ।

मलाई साथीभाइसँग बसेरभन्दा पनि एक्लै फुटबल हेर्ने मनपर्छ । साथीभाइसँग हेर्दा उनीहरू रमाइलो गर्न खोज्छन् जसले गर्दा खेलाडीको क्षमतालाई गहिरिएर हेर्न पाइँदैन । खेलाडीले बल कति लामो समयसम्म पोसेसनमा राख्छन्, बल कसरी अघि बढाउँछन्, साथीलाई पास दिँदा कस्तो कुरामा ध्यान दिन्छन् भन्नेजस्ता कुरा मेरो रोजाइमा पर्छ । (राष्ट्रिय टोलीका पूर्वखेलाडी डम्बरसँग कृष्णमणि बरालले गरेको कुराकानीमा आधारित ।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.