सन्नी लियोनीसँग जिङ पार्टी
काठमाडौँ: जिङ अल्ट्रा प्रिमियम भोड्काले ‘जिङ पार्टी' आयोजना गरेको छ । उक्त कार्यक्रममा कम्पनीको ‘सेल्फी विथ सन्नी' ग्राहक योजनाका विजेतालाई सम्मान पनि गरेको छ ।
विजेताले सन्नी लियोनीसँग सेल्फी खिचेका छन् । कम्पनीले अभिनेत्री सन्नी लियोनीलाई विगत एक वर्षदेखि आफ्नो ब्रान्ड एम्बेसडरका रूपमा आबद्ध गराएको छ ।
सन्नीद्वारा प्रवद्र्धन गरेलगत्तै जिङ भोड्काले नेपाली उत्पादनको प्रवद्र्धन प्रक्रियामा एउटा नयाँ आयाम ल्याउने प्रयास गरेको कम्पनीले जनाएको छ । जिङ भोड्का सय करोडको लगानीमा स्थापित कम्पनी प्रिमियर अर्गानिक्स प्रालिद्वारा निर्मित ब्रान्ड हो ।
जिङ अल्ट्रा प्रिमियम भोड्काले नाकमा क्लिन नोट्सका साथ स्मुद टेस्ट र सर्ट क्लिन फिनिस दिन्छ । यो ब्रान्डको ट्यागलाइन ह्यासट्याग गेटसेक्सी रहेको छ।
एक्टिभेटेड कार्बन र ट्रिपल रसियन फिल्ट्रेसन प्रयोग गर्ने यो नै नेपालमा बनेको पहिलो प्रडक्ट रहेको कम्पनीले जनाएको छ ।
यो भोड्कालाई स्रिन्क र्याप लेबल भएको युनिक र आकर्षक बोतलमा प्याकेजिङ गरिएको छ जुनकुनै लिकर ब्रान्डलाई नेपालमा पहिलो पटक गरिएको हो ।