गमलामा धान रोप्ने मन्त्रीले किसानसँग माफी मागे

गमलामा धान रोप्ने मन्त्रीले किसानसँग माफी मागे

भिमदत्तनगरः कृषिमन्त्री हरिबोल गजुरेलले धान दिवसको अवसरमा बुधबार गमलामा धान रोपेकोप्रति टिकाटिप्पणी भएपछि किसानसँग माफी मागेका छन् ।

बिहीबार प्रेस सेन्टर नेपालले भीमदत्तनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै असार १५ अर्थात् बुधबार गमलामा धान रोपेकोप्रति मन्त्री गजुरेलले माफी मागेका हुन् ।  गजुरेलले भने, ‘मैले गमलामा धान रोप्दा किसान दाजुभाइमा कुनै समस्या परे क्षमा चाहन्छु ।'

गजुरेलले माफी मागेसँगै गमलामा धान रोपेको कार्यक्रमलाई उद्घाटन गर्नुलाई अन्यथा नलिन समेत आग्रह गरेका छन्। गजुरेलले भने, ‘गमलामा धान रोपेर कार्यक्रम उद्घाटन गर्नुलाई अन्यथा नलिन सबैलाई आग्रह समेत गर्दछु ।'

मन्त्री गजुरेलले गमलामा पानी हालेर कार्यक्रम उद्घाटन गर्नु कृषि मन्त्रालय सम्बन्धित भएको समेत प्रष्ट्याएका छन् । ‘गमलामा पानी हालेर उद्घाटन गर्नु कृषि मन्त्रालयसँग सम्बन्धित पनि हो,' गजुरेलले भने ।

राष्ट्रिय सहमतिको सरकार आवश्यक
त्यस्तै, मन्त्री गजुरेलले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न, निर्वाचन गराउन, संविधान कार्यान्वयनका लागि तत्काल राष्ट्रिय सहमतिय सरकार आवश्यक भएको समेत बताएका छन् ।

‘संवैधानिक सङ्कट आउन नदिन तत्काल दलबीच सहमति गरेर राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ । सहमतिय सरकार गठनका लागि ढिलो भइसकेको छ,' गजुरेलले भने, ‘जसको नेतृत्वमा राष्ट्रिय सरकार बने पनि तत्काल बनाउनु आवश्यक छ ।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.