महिला भलबिल खेलाडीलाई कलेजले दियो खेल सामाग्री

 महिला भलबिल खेलाडीलाई कलेजले दियो खेल सामाग्री

काठमाडौं: नेपाल प्रहरीका महिला भलबिल खेलाडीलाई खेल सामाग्री प्रदान गरेको छ। भक्तपुरको कौशलटारस्थित जनप्रेमी कलेजले उक्त खेल सामग्री प्रदान गरेको हो।

कार्यक्रममा कलेजका प्राचार्य निलेश आचार्यले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी केन्द्रीय खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सुरेन्द्रबहादुर शाहलाई खेल सामाग्री हस्तान्तरण गरेका थिए।

कलेजले खेल सामग्री प्रदान गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको जनाउँदै खेलाडीको पोशाक समेत सहयोग गरेको छ।

कार्यक्रममा एआइजी शाहले खेल सामाग्री सहयोग गरेर कलेज खेलाडीलाई खेलप्रतिको प्रोत्साहनलाई झन बढाइदिउको बताए। उनले भने, ' खेल सामग्रीले खेलाडीको मनोबल उच्च भएको छ।जसले खेलप्रतिको भावनालाई जोगाएको छ। खेलप्रतिको लगाब र मेहनत सधै कायम गर्नेछौ।'

उनले खेलको विकास र विस्तार गर्न सबैको साथ र सहयोग जरुरी रहेको बताउँदै यसको लागि उचित वातावरण समेत आवश्यक रहेको बताए।

त्यस्तै कलेजमा प्राचार्य निलेश आचार्यले जागरुक र सक्रिय महिला भलिबल खेलाडीलाई सहयोग गर्न पाएकोमा आफू निकै हर्षित भएको बताए।उनले आगामी दिनमा पुरुष भलिबल टिमलाई पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.