प्रचण्डले प्रधानमन्त्री बन्छु भनेर मुख नमिठ्याए हुन्छः मैनाली

प्रचण्डले प्रधानमन्त्री बन्छु भनेर मुख नमिठ्याए हुन्छः मैनाली

काठमाडौँ: उपप्रधानमन्त्री सीपी मैनालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड'लाई प्रधानमन्त्री बन्छु भनेर मुख नमिठ्याउन आग्रह गरेका छन् ।

बिहीबार रिपोर्टस क्लब नेपालको साक्षात्कारमा बोल्दै मैनालीले भने, ‘प्रचण्डले प्रधानमन्त्री बन्छु भनेर मुख नमिठ्याए हुन्छ । सहमतिय सरकार बने कांग्रेस वा एमालेको नेतृत्वमा मात्र बन्न सक्छ ।'

मैनालीले प्रधानमन्त्री बन्ने नै भए प्रचण्डले वर्तमान सरकारको गठबन्धनलाई नै क्रियाशिल बनाउनुपर्ने समेत सुझाए । ‘प्रचण्ड प्रधानमन्त्री बन्ने भए यही गठबन्धनलाई क्रियाशिल बनाएर अगाडि बढ्नुपर्छ,' मैनालीले भने ।

मैनालीले माओवादी केन्द्रप्रति लक्षित गर्दै पार्टी भित्रको समस्या समाधानको लागि गठबन्धन भत्काउनु उचित नहुने तर्क गरे ।


उनले भने,‘पार्टीका मन्त्रीलाई लिएर असन्तुष्टी हो भने उनीहरुलाई फिर्ता बोलाएर अरु पठाए भई हाल्यो नि ! पार्टीको समस्या थोपरेर गठबन्धन भत्काउनुको औचित्य छैन ।'

उनले राष्ट्रियता खतरामा परेको बेला राष्ट्रिय सहमतिको सरकार आवश्यक भए पनि बहुमतीय सरकारको औचित्य नभएको बताए ।

‘एउटा बहुमतीय सरकारको ठाँउमा अर्को बहुमतीय सरकार गठनमा लाग्नुको औचित्य छैन्,' मैनालीले भने, ‘अहिले नै सरकारको विकल्प खोज्ने बेला समेत भएको छैन् ।'

उनले यही सरकारलाई शसक्त बनाउन प्रतिपक्ष र सत्तारुढ गठबन्धनबाट उठिरहेका आवाजलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.