नाङ्गिएको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्न थालेपछि...
एजेन्सीः बेलारुसका राष्ट्रपति एलेक्जेण्डर ल्यूकाशेको एक भनाईलाई गतल अर्थ लगाउँदै त्यहाँका नागरिकले आफू नाङ्गिएको तस्बिरहरु सामाजिक सञ्जालमा राख्न थालेका छन् ।
एक सार्वजनिक कार्यक्रममा राष्ट्रपति ल्यूकाशेले ‘अब देशको समृद्धिका लागि कपडा खोलेरै भएपनि पसिना आउन्जेलसम्म काम गर्नुपर्छ' भनेका थिए ।
तर, मानिसहरुले राष्ट्रपतिको भनाईको गलत अर्थ लगाएर उनलाई उडाउँदै हजारौं मानिसले आफ्नो अफिसमा कपडा खोलेर काम गरेको फोटो सामाजिक सञ्जालमा राखेका थिए । यस्तो कार्यमा सबै पेशामा आबद्ध मानिसहरुको सहभागिता थियो ।
राष्ट्रपतिले भनेका थिए–‘नविनिकरण, आईटी, टेक्नोलोजी, प्राइवेटाइजेशनमा हामीले सँधै जीत हासिल गरेका छौं । तर, सबै सामान्य नै हो । मानिसले कपडा खोलेर काम गर्नुपर्छ ।'
राष्ट्रपतिको यस्तो भनाई आएपछि दजनौं कामदारले नाङ्गै बसेर फोटो खिचाएर सामाजिक सञ्जालमा राखेका थिए ।