सेवा केन्द्र विस्तार गर्दै डिस होम
काठमाडौं: डिस होमले आफ्नो सेवा विस्तारका क्रममा गत सोमबार बागलुङमा चौधौं सेवा केन्द्र सञ्चालनमा ल्याएको छ।
डिसहोमका नायब महाप्रबन्धक कल्याण अधिकारी तथा प्रबन्धक सविन महर्जनले उक्त सेवा केन्द उद्घाटन गरेका छन्।
काठमाडौंसहित पोखरा, चितवन, बिर्तामोड, विराटनगर, नेपालगन्ज, धनगढी, बुटवल, दाङ, लहान, जनकपुर, चरिकोट, महेन्द्रनगर र बागलुङमा सेवा केन्द्र सञ्चालनमा आएका कम्पनीले जनाएको छ। ग्राहकलाई छिटो छरितो सेवा प्रदान गर्ने उद्देश्यले सेवा केन्द्र विस्तार गरिएको हो।
उक्त सेवाकेन्द्रमार्फत हार्डवेयर र अन्य सर्भिससम्बन्धी समस्या समाधान र घरमै पुगेर दिने प्राविधिक सहायोग उपलब्ध हुनेछ।
साथै रिचार्ज र सिग्नलसम्बन्धी समस्याको पनि समाधान गरिने कम्पनीले जनाएको छ।
स्याटलाइट प्रविधिमा आधारित नेपालको एकमात्र डीटीएच सेवा प्रदायक डिस होमले विगत पाँच वर्षदेखि नेपालभर ग्राहक माझ गुणस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ।
डिसहोमले आफ्नो सेवामा १५ उत्कृष्ट हाई डेफिनेसन च्यानल प्रसारण गर्दै आएको जनाएको छ।