बाघ दिउँसै गाउँ पस्यो, पाँच घाइते

बाघ दिउँसै गाउँ पस्यो, पाँच घाइते

बेसीशहरः लमजुङको भोटेवडारमा दिउँसै बाघ पसेर पाँच जनालाई घाइते बनाएको छ । एक प्रहरीसहित तीन स्थानीयबासी र एक मजदुर बाघको आक्रमणबाट घाइते भएका हुन् ।


बाघको आक्रमणमा परी सुन्दरबजार–३, फुलवारीका गोपाल डौलीया, सुन्दरबजार–४ फेदीकुनाका भरत तामाङ, शारदानगर–७, सल्यानका छविलाल बुढाथोकी र सुन्दरबजार–३ फुलवारीकैको रमेश परियार घाइते भएका छन् । उनीहरुको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । घाइते भएका ईलाका प्रहरी कार्यालय भोटेवडारमा कार्यरत प्रहरी सहायक निरीक्षक गोलकुमार श्रेष्ठको भने मस्र्याङ्दी मेकिडल सिउँडीबारमा उपचार भईरहेको छ ।

घाईतेहरुको टाउको, हात लगायतका स्थानमा चोट लागेको छ । उनीहरुको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । भोटेवडारको फेदीकुनादेखि बाघले आक्रमण गरेको थियो । त्यहाँ दुईजना घाईते भएका थिए ।

 

दिउँसो पौने एघार बजेदेखि बाघ शहर छिरेर आक्रमण गर्न थालेको ईलाका प्रहरी कार्यालय भोटेवडारका एक प्रहरी अधिकारीले जानकारी दिए ।

फेदीकुनामा आक्रमण गरेको बाघले पुनः फुलवारीमा पुगेर स्थानीयलाई आक्रमण गरेको थियो । ‘घर नजिकैको अम्रिसोको झ्याङमा लुकेको रहेछ' घाईते गोपाल डौलियाले अन्नपूर्णसँग भने,‘मान्छे देख्ने बित्तिकै एक्कासी झम्टियो ।'

स्थानीयलाई बाघले आक्रमण गर्न थालेपछि पुगेको प्रहरीलाई पनि बाघले आक्रमण गरेको हो । पटक पटक बाघले आक्रमण गर्न थालेपछि त्यस क्षेत्रका स्थानीय त्रसित छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.