ज्लाटान इब्राहिमोबिक म्यानचेस्टर युनाइटेडमा

ज्लाटान इब्राहिमोबिक म्यानचेस्टर युनाइटेडमा

काठमाडौंः इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले विश्वचर्चित स्वीडेनका स्ट्राइकर ज्लाटान इब्राहिमोबिकलाई यो सिजनका लागि क्लबमा अनुबन्ध गरेको छ ।

म्यानचेस्टर युनाइटेडले इब्राहिमोबिकलाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनबाट भित्र्याएको हो । इब्राहिमोबिकको मेडिकल परीक्षण शुक्रबार भएपछि ३४

वर्षीय यी भेट्रान खेलाडीको अनुबन्धको औपचारिक घोषणा हुनेछ । यो कुराको पुष्टि इब्राहिमोबिकले इन्स्टाग्रामको आफ्नो आधिकारिक एकाउन्टमार्फत गरेका हुन् ।

उनी प्रतिसाता २ लाख पाउन्ड पारिश्रमिक पाउने गरी म्याचेस्टर युनाइटेडमा आवद्ध भएका बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

चेल्सीमा फ्लप भएका जोजे माउरिन्होलाई प्रशिक्षक बनाएपछि इब्राहिमोबिकलाई भित्र्याउने चर्चा शुरु भएको थियो ।

सन् १९८१ अक्टोबर ३ मा जन्मेका उनले हालसम्म आयक्स, युभेन्टस, इन्टरमिलान, बार्सिलो, एसी मिला र पेरिस सेन्ट जर्मेनबाट व्यवसायिक फुटबल खेलिसकेका छन् ।

इब्राहिमोबिकको सम्भवत अन्तिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता युरोकप भने सुखद रहन सकेन । उनको देश स्वीडेन समूह चरणबाटै बाहिरिइसकेको छ ।

इब्राहिमोबिहकले अहिलेसम्म विभिन्न क्लबहरुका लागि खेलेका ६ सय ७७ खेलमा ३ सय ९२ गोल गरिसकेका छन् । त्यसैगरी स्वीडेनका लागि खेलेका ११६ खेलमा ६२ गोल उनको नाममा रहेको छ ।

अहिलेको समकालिन फुटबलमा लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोपछि सफल फुटबलर मानिने इब्राहिमोबिकले आफ्नो फुटबल करिअरमा युइएफए सुपर कप, लिग वान, इटालियन सुपर कप, फिफा विश्व क्लब फुटबल कप र सिरिएसहित क्लबस्तरका ठूला उपाधि चुमिसकेका छन् ।

गत सिजन पीएसजीलाई लिग वान फुटबल प्रतियोगिताको उपाधि जिताएका उनलाई प्रशिक्षक माउरिन्होले विगत दुई सिजन खस्केको म्यानचेस्टर युनाइटेडको छबि उकास्नका लागि अग्रपंक्तिको जिम्मेवारीका लागि ल्याएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.