स्पेनिस प्रशिक्षक डेल बोस्कले राजीनामा दिए
काठमाडौंः युरोकप फुटबल प्रतियोगितामा प्रिक्वार्टफाइनलबाटै स्पेन बाहिरिएपछि प्रशिक्षक भिसेन्टे डेल बोस्कले राजीनामा दिएका छन् ।
स्पेनलाई सन् २०१० को विश्वकप फुटबल र सन् २०१२ को युरोकप फुटबल प्रतियोगिताको उपाधि दिलाउन सफल डेल बोस्कले उपाधि रक्षा अभियानमा रहेको स्पेन इटालीसँग पराजित भएर बाहिरिएको तीन दिनपछि राजीनामा दिएका हुन् ।
गत सोमबार भएको प्रिक्वार्टर भिडन्तमा साविक विजेता स्पेन इटालीसँग २–० ले पराजित हुँदै युरोकपबाट घर फर्केको थियो ।
स्पेन घर फर्केपछि ६५ वर्षीय डेल बोस्कले आफ्नो निरन्तरता या राजीनामाबारेमा स्पेनिस फुटबल फेडेरसनका अध्यक्षसँग कुरा गरेका थिए ।
आफ्नो फुटबल करिअरमा १९८७ देखि २००३ को लामो सयम रियल मड्रिडमा बिताएका डेल बोस्कले सन् २००८ देखि २०१६ सम्म स्पेनिस प्रशिक्षकको जिम्मेवारी सम्हाले ।
त्यसक्रममा उनले स्पेनलाई २०१० मा फिफा विश्वकप जिताए भने सन् २०१२ मा युरोपियन च्याम्पियनन बनाए । त्यसक्रममा उनी सन् २०१२ मा विश्व वर्ष
म्यानेजर घोषित भए । स्न २०१२ मै उनी फिफा विश्व कोच अफ दि इएरको अवार्ड पनि पाउन सफल भए ।