होटेल क्रिस्टलको खरिदबिक्रीमा पुँजीगत लाभकर छली

 होटेल क्रिस्टलको खरिदबिक्रीमा पुँजीगत लाभकर छली

काठमाडौं: कर छल्न खोज्दा होटेल क्रिस्टलको बिक्रेताले बिक्रीबाट पाएको आधाभन्दा बढी रकम राजस्व तिर्नपर्ने भएको छ। पुँजीगत लाभकर छल्न खोज्नुका साथै खरिदकर्ताले सम्भावित विवादमा आफू बलियो हुने उपाय अपनाउँदा यस्तो अवस्था आएको हो।

प्रभा स्थापितको स्वामित्वमा रहेको न्युरोडस्थित दुईतारे होटेल क्रिस्टल महर्जन एन्ड कम्पनीले गत फागुनमा खरिद गरेको थियो। बिक्री गर्नुअघि प्रभाका साथै उनको श्रीमान् र छोराको स्वामित्वमा रहेको क्रिस्टल प्राइभेट लिमिटेडलाई प्रभाको एकल स्वामित्वमा बिक्री÷नामसारी गरिएको थियो।

न्युरोडको १९ आना जग्गामा रहेको होटेल क्रिस्टल १० करोड रुपैयाँमा प्रभाले किनेकी थिइन्। एकल स्वामित्वमा नामसारी भएको १० दिनपछि होटेल महर्जन एन्ड कम्पनीलाई एक अर्ब रुपैयाँमा बिक्री गरिएको थियो।

अनुसन्धानमा संलग्न स्रोतका अनुसार बिक्री गर्ने टुंगो लागेपछि प्राइभेट कम्पनीका रूपमा रहेको होटेललाई व्यक्तिका नाममा नामसारी गरिएको थियो । संस्थालाई पुँजीगत लाभकर २५ प्रतिशत लाग्छ । व्यक्तिलाई बिक्री मूल्य ३० लाख रुपैयाँसम्म भए छुट हुन्छ । सोभन्दा बढी भए ५ वर्षभित्र बिक्री गरेको भए ५ प्रतिशत र त्यसभन्दा बढी समय भएको भए साढे २ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ।

 

यसबाहेक खरिदकर्ता महर्जन एन्ड कम्पनीले सम्भावित पारिवारिक झमेलाबाट बच्न÷आफू बलियो हुन यस्तो जुक्ति सिकाएका थिए। कम्पनीमा प्रभाका अमेरिका बस्ने छोरा पनि सञ्चालक थिए। 

न्युरोडको १९ आना जग्गामा रहेको होटेल क्रिस्टल १० करोड रुपैयाँमा प्रभाले किनेकी थिइन्। एकल स्वामित्वमा नामसारी भएको १० दिनपछि होटेल महर्जन एन्ड कम्पनीलाई एक अर्ब रुपैयाँमा बिक्री गरिएको थियो। 

कम्पनीको नाममा सोझै खरिद गर्दा अनुपस्थित सञ्चालकले पछि मुद्दा मामिला गर्न सक्ने भन्दै पहिला व्यक्तिको नाममा नामसारी गर्न सल्लाह दिएका थिए । १० करोड रुपैयाँमा प्रभाको एकल स्वामित्वमा आएपछि एक अर्ब रुपैयाँमा होटेल बिक्री गर्दा लाभ भएको ९० करोड रुपैयाँ लाभमा व्यक्तीले तिर्नपर्ने पुँजीगत लाभकर (५ प्रतिशत) उनले तिरेकी थिइन्।

तर, व्यावहारिक कारण जेसुकै भए पनि पुँजीगत लाभकर छल्न व्यक्तिका नाममा नामसारी गरी बिक्री गरिएकाले उनीमाथि थप कर निर्धारण गर्नुपर्ने अवस्था बनेको अनुसन्धानमा संलग्न स्रोतले बतायो। '१० करोडमा खरिद गरेको १० दिनमै एक अर्ब रुपैयाँमा बिक्री गर्नुले राजस्व छलीको नियत स्थापित हुन्छ’, स्रोतले भन्यो।

छलीको योजना बनाएको स्थापित भए शतप्रतिशत जरिबानासहित कर तिर्नुपर्छ। अब उनीमाथि २५ प्रतिशतको दरले कर हिसाब गरी शतप्रतिशत जरिबाना जोडेर पहिलो पाँच प्रतिशतका दरले तिरेको साढे चार करोड रुपैयाँ घटाउँदा हुने रकम कर निर्धारण हुनेछ।

अनुसन्धानका क्रममा होटेलको वास्तविक खरिदबिक्री ७८ करोड रुपैयाँमा गरेको प्रभाको भनाइ छ। तैपनि खरिदकर्ताकै सुझावअनुसार उनले एक अर्ब रुपैयाँमा बिक्री गरेको उल्लेख गरेकी थिइन्। एकल स्वामित्वको सम्पत्ति खरिद गरे पनि भविष्यमा अमेरिकामा रहेका छोराले अंश दाबी गरी मुद्दा गर्न सक्ने भन्दै उनले एक अर्ब रुपैयाँमा उल्लेख गर्न लगाएको बताएकी छन्।

यसरी वास्तविक कारोबारभन्दा बढी रकम देखाउँदा भोलि छोराले अंश हकसाफी मुद्दा गरे पनि सोहीअनुसारको रकम खरिदकर्तालाई तिर्नुपर्ने हुन्छ। यस्तै महर्जन एन्ड कम्पनीले पछि सम्पत्ति बिक्री गर्दा पनि एक अर्ब रुपैयाँभन्दा बढीको लाभमा मात्र पुँजीगत लाभकर तिर्नुपर्ने हुन्छ।

जस्तोः ७८ करोड रुपैयाँमा खरिद गरेको भए पनि एक अर्ब रुपैयाँमा खरिद गरेको देखाउँदा भविष्यमा उसले एक अर्ब रुपैयाँसम्ममा बिक्री गर्दा पुँजीगत लाभकर तिर्नै पर्दैन। त्योभन्दा बढीमा बिक्री गरे एक अर्ब रुपैयाँभन्दा बढीको लाभमा मात्र कर तिरे पुग्छ।

योजना खरिदकर्ताको भनिए पनि कारबाहीसहितको करको भारचाहिँ बिक्रेताको भागमा मात्र पर्ने भएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.