युरोकपमा समर्थकलाई पनि पदक !

 युरोकपमा समर्थकलाई पनि पदक !

पेरिस: पदक त प्रतियोगिता जित्ने खेलाडीले पाउने हो। तर, जारी युरोकप फुटबलमा समर्थकले पनि पदक पाउने भएका छन्।

त्यो पनि प्रतियोगिताको प्रिक्वार्टरफाइनलबाटै बाहिरिएका टोलीका समर्थकले। युरोकपको मुख्य आयोजक सहर पेरिसले प्रतियोगिताको दौरानमा राम्रो व्यवहार देखाएका रिपब्लिक अफ आयरल्यान्ड र उत्तरी आयरल्यान्डका समर्थकलाई मानार्थ पदक प्रदान गरी सम्मान गर्ने भएको छ।

पेरिस सहरका मेयर एन्नी हिडाल्डोको कार्यालयले प्रतियोगिताको दौरानमा आफ्नो टोलीको समर्थनमा उदाहरणीय व्यवहार देखाएको भन्दै दुई आयरल्यान्डका समर्थकलाई मानार्थ पदक दिने निर्णय गरेको हो। 'आयरल्यान्ड र उत्तरी आयरल्यान्डका समर्थकले जारी युरोकपमा टोलीको समर्थन गर्ने क्रममा उदाहरणीय व्यवहार प्रस्तुत गरे।

उनीहरूले अनुशासित भएर खेल हेरे। सौहादपूर्ण व्यवहार प्रस्तुत गरे। त्यसैले उनीहरूलाई पनि सम्मानस्वरूप पदक दिइने निर्णय गरिएको छ', मेयरको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मेयरको कार्यालयले आफ्नो निर्णयबारे दुवै आयरल्यान्ड सरकारलाई जानकारी गराइसकेको छ। दुवै देशका समर्थकलाई समेत निम्त्याएर पदक हस्तान्तरण गरिने पेरिसले जनाएको छ। कार्यक्रमको मिति भने तय भइसकेको छैन।

 

आयरल्यान्ड आयोजक फ्रान्स तथा उत्तरी आयरल्यान्ड वेल्ससँग पराजित हुँदै प्रतियोगिताको प्रिक्वार्टरफाइनलबाट बाहिरिएका थिए। प्रतियोगितामा दुवै टोलीका समर्थकले देखाएको व्यवहारको सबैले प्रशंसा गरेका थिए।

युरोपेली फुटबल महासंघ (यूईएफए) का अन्तरिम महासचिव थिओडोर थियोडोरिडिसले समेत जारी युरोकपमा सौहार्दपूर्ण व्यवहार प्रस्तुत गर्ने समर्थकलाई पुरस्कृत गरिने बताए। 'हामीले केही अविश्वसनीय दृश्यहरू पनि देखेका छौं।

हामी फुटबलका राम्रा पक्षहरूलाई महत्व दिन चाहन्छौं', थियोडोरिडिसले ट्विटरमा लेखेका छन्। समूह चरणअन्तर्गत इङ्ल्यान्ड र रुसबीचको खेलमा भएका झडपबाहेक अन्य खेल शान्तपूर्ण वातावरणमा सम्पन्न भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.