भारी वर्षाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान प्रभावित
काठमाडौं: भारी वर्षाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ।
प्रतिकूल मौसमका कारण भिजिविलिटी कम देखाएपछि उडान प्रभावित बनेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार विमानस्थलको मौसम प्रतिकुल भएपछि तीन वटा विमानलाई डाइभर्ट गरिएको छ।
साउदी अरेबियाको विमानलाई भारतको लखनौमा अवतरण गरिएको छ भने चीनबाट आएको विमानलाई उत्तै फर्काइएको छ।
यता, मौसम पूर्वानुमान महाशाखाका अनुसार विहीबारदेखि नै भारी वर्षा भइरहेको र केही दिन जारी रहने जनाएको छ।